कम्पनीसँग अन्तर्वार्ता: प्रमुख कार्यकारी निर्देशक, युजी फुजिमोतो
नेपाली कामदारलाई स्वीकार गर्नुको कारण
यहाँ सबैभन्दा पुराना नेपाली २०१८ देखि काम गर्दैछन्। कुमामोतोमा “क्युशु स्योकुर्यो सेन्मोन गाक्को” भन्ने स्कूल छ। त्यहाँ सर्वे विषय पढाइन्छ। म त्यस विद्यालयको कार्यकारी सदस्य पनि हुँ। यद्यपि निर्माण र पूर्वाधार उद्योगमा जनशक्तिको अभाव हुँदै गई विद्यालयमा विद्यार्थीहरू जम्मा हुन सकेका थिएनन्। त्यसैले सर्वे विभागमा विदेशीहरूलाई आकर्षित गरौ भनेर हामीले व्यावसायिक विद्यालयमा जापानी भाषा विभाग स्थापना गर्यौं र त्यहाँ सबैभन्दा बढी आउने विद्यार्थीहरूमा नेपालीहरू थिए। उनीहरूले जापानी भाषा विभागमा जापानी भाषा अध्ययन गरेपछि सर्वे विषय पनि पढे। हामीले हाम्रो अभाव भएको जनशक्ति विदेशीहरूबाट परिपुर्ती गरौ भन्ने सोच राखी उनीहरूलाई रोजगारी दिने कम्पनि पनि बनेका छौं।
नेपाली जनशक्तिको सक्रियता
ARIAKE मा सबैभन्दा पहिले आएका नेपाली बस्नेतजी हुनुहुन्छ। उहाँ नयाँ प्रविधिमा काम गर्ने दृष्टिकोणमा निकै सकारात्मक हुनुहुन्छ। हाम्रो यो सर्वेक्षण, निर्माण परामर्श, र डिजाइनको क्षेत्रमा तिब्र गतिमा प्राविधिक आविष्कार भएको छ। हालै हामीले पनि लेजर सर्वेक्षण प्रयोग गर्न शुरु गरेका छौं। लेजर सर्वेक्षणमा, लेजर मापन उपकरणको साथ ड्रोनलाई सुसज्जित गरेर विस्तृत दायराको भूभागलाई सही रूपमा मापन गर्न सम्भव छ। यद्यपि धेरै ड्रोनहरू विदेशमा बनाइन्छ र त्यसमा डाटा सिर्जना गर्न प्रयोग गरिने सफ्टवेयर पनि अंग्रेजीमा छ। बस्नेतजी जापानी र अङ्ग्रेजी दुवै भाषामा दक्ष हुनुहुन्छ। त्यसैले उहाँले नयाँ मेसिन र सफ्टवेयर सजिलैसँग ह्यान्डल गर्न सक्नुहुन्छ। जापानी विद्यार्थीहरू अंग्रेजीमा त्यति दक्ष नहुँदा उनीहरू त्यति सक्रिय नहुन सक्छन। नयाँ उपकरणको सञ्चालन वा सफ्टवेयरको उपयोगमा नेपाली विद्यार्थीहरू जापानी विद्यार्थीहरू भन्दा सक्षम हुन सक्छन्।
नेपाली कामदारलाई प्रदान गरिएको सपोर्ट
बस्नको लागि कम्पनीले व्यवस्था गरिदिएको ठाउँ छ जहाँ खर्चको बोझ कम हुने गरी व्यवस्थापन गरिएको छ। जापानी नयाँ कर्मचारी र विदेशी कर्मचारीहरू सबैलाई समान किसिमको सुविधा प्रदान गर्ने गरिएको छ। यद्यपि, यस वर्ष भर्खरै आएका बंगलादेशी IT का कर्मचारीहरू जापानी भाषामा दक्ष छैनन् त्यसैले कम्पनीले उनीहरूलाई जापानी भाषा पनि सिकाउँदैछ।
सर्भे कामको आकर्षण
नेपाल अब थप विकास गर्न सक्ने देश हो तर पूर्वाधारमा भने पछाडि परेको छ। सडक, खानेपानी र बत्ति जस्ता पूर्वाधारको सुधार अझै आवश्यक छ। पूर्वाधारको विकास गर्दा सबैभन्दा महत्त्वपूर्ण आधार भनेको सर्भे हो। सर्भे र डिजाइनको प्रविधि सिकेमा आफ्नो देश फर्केर धेरै काम गर्न सकिन्छ। त्यसैले त्यस्ता प्रविधिहरूलाई अवश्य सिक्नुपर्छ। सर्भेको काममा चासो राख्ने व्यक्तिहरू कुमामोतो आउनुहोस् भन्न चाहन्छु। क्युशु स्योकुर्यो सेन्मोन गाक्को (सर्भे पढाइ हुने स्कूल) मा लगभग ७० जना नेपाली छन्। ARIAKE मा ४ जना प्राविधिक र सर्भेयरहरू मेहनतसाथ काम गर्दैछन्। म चाहन्छु कि अरूपनि यस्तै मार्गमा अघि बढून्। कुमामोतोमा तपाईंहरूको पर्खाइमा हुनेछु।
नेपाली कर्मचारीसँगको अन्तर्वार्ता: श्री बिनोद बस्नेत
सर्वेक्षण र डिजाइन भनेको यस्तो महत्वपूर्ण प्रविधि हो जसको कामको अवसर जहाँ गए पनि पाइन्छ, त्यसैले यो क्षेत्रमा भविष्यको चिन्ता हुँदैन। तपाईंले स्वतन्त्र रूपमा काम गर्न सक्नुहुन्छ र स्थिर भविष्य सुनिश्चित गर्न सक्नुहुन्छ। म भविष्यमा डिजाइन सम्बन्धि प्रमाणपत्र पनि प्राप्त गर्न चाहन्छु र त्यसपछि जापानी र नेपाली जनतालाई सर्भे र डिजाइनको प्रविधि सिकाउन चाहन्छु।
४ जना नेपाली कर्मचारीहरूसँगको अन्तर्वार्ता तलको लिंकबाट हेर्नुहोस्।
फोटोको बारेमा(माथिबाट) ・प्रमुख कार्यकारी निर्देशक, युजी फुजिमोतो ・ARIAKE मा सर्भेयरको रूपमा काम गर्ने नेपाली कर्मचारीहरूबायाँबाट: विश्वकर्मा, बिके, बिके, र बस्नेत ・सर्वेक्षण कार्य
दोस्रो स्टडी टूरमा भिजिट गरिएको निशी कासुगाई फुकुशिकाईले नेपाली प्राविधिक प्रशिक्षार्थीहरूको क्षमता वृद्धि गर्न सपोर्ट गर्दछ। CDE प्रोजेक्टले निशी कासुगाई फुकुशिकाईका पहलहरूको बारेमा अन्तरवार्ता लियो।
कम्पनीको संक्षिप्त विवरण
कम्पनीको नाम:
ठेगाना:
कर्मचारी संख्या:
उद्योगको प्रकार:
व्यापारको विवरण:
होमपेज:
समाज कल्याण संघ निशी कासुगाई फुकुशिकाई
कासुगाशिनमाची-९५, कियोसु सिटी, आइची प्रिफेक्चर
७२६ जना (२०२४ सालको जुलाई ९ तारिखसम्म) यसमध्ये ६७ जना नेपालीहरूले केयरगिभरको रूपमा काम गरिरहेका छन्।
नर्सिङ केयर
निशी कासुगाई जिल्ला (स्थानिय निकाय) द्वारा स्थापित समाज कल्याण संघ यसले छवटा विशेष नर्सिङ होमहरू र अपाङ्गता भएका व्यक्तिहरूका लागि दुईवटा सेवा केन्द्रहरू सहित कुल आठ वटा सेवा केन्द्रहरू सञ्चालन गर्दछ।
नेपालमा गुणस्तरीय जनशक्ति ठूलो संख्यामा रहेको सुनेकोले २०१७ मा नेपाली कामदार भित्र्याउने योजना बनायौं। नेपालमा गएर स्थिति अवलोकन गरेर अन्तर्वार्ता लिएपछि उनीहरूलाई स्वीकार गर्ने निर्णय गर्यौं र २०१९ देखि कामदार लिने प्रक्रिया सुरु गर्यौं। अहिले ६७ जना नेपालीहरू केयरगिभर स्टाफको रूपमा कार्यरत छन्।
नेपाली कामदारलाई प्रदान गरिएको सपोर्ट
उनीहरूलाई चाँडो जापानमा घुलमिल गराउनको लागि सपोर्ट प्रदान गर्दैछौं। हाम्रो मुख्य फोकस जापानी भाषा शिक्षामा सपोर्ट गर्नु हो, यहाँ जापानी भाषा शिक्षकको लाइसेन्स भएका केयरगिभर स्टाफहरूले जापानी भाषा सिकाइरहेका छन्। “दैनिक जीवनको जापानी भाषा” र “नर्सिङ केयरको जापानी भाषा” गरी दुई भागमा विभाजन गरेर सिकाइन्छ। “दैनिक जीवनको जापानी भाषा” मा दैनिक जीवनका लागि आवश्यक जापानी भाषा र JLPT ( जापानी भाषा दक्षता परीक्षा) सँग सम्बन्धित जापानी भाषा सिकाइन्छ भने “नर्सिङ केयरको जापानी भाषा” मा नर्सिङ केयरका लागि आवश्यक जापानी भाषा सिकाइन्छ।
काम गर्न सुरू गरेपछि पहिलो तीन महिना बिहानको समयमा फिल्डको काम र दिउँसो अध्ययनको लागि भनेर समय छुट्याइन्छ। संस्थाको नीति अनुसार जापानी कर्मचारीहरूसँगै भेदभाव नगरीकन एकसाथ काम गरुन भन्ने चाहनाले एक वर्ष जापानी भाषा सिकाउनमा सपोर्ट प्रदान गर्दै आएका छौं। जापान आएपछि प्राविधिक इन्टर्नहरूलाई “प्राविधिक इन्टर्न प्रशिक्षण नम्बर १ → नम्बर २ → विशिष्ट सीप नम्बर १→सर्टिफाइड केयर वर्कर” राष्ट्रिय प्रमाणपत्र प्राप्त गर्ने करियर पथको बारेमा जानकारी दिइन्छ र हालका काम गरिरहेका धेरै प्राविधिक इन्टर्नहरू यो क्यारियर पथ लिने लक्ष्य राखेका छन्। इन्टर्नहरूको मेहनत सफल भएको छ। यसपटक ४ जनाले नेपालीहरूले सर्टिफाइड केयर वर्करको प्रमाणपत्र प्राप्त गरेका छन्।
नेपाली जनशक्तिलाई कम्पनिमा लिदा हुने फाइदाहरू
नेपालीहरूलाई सपोर्ट गर्दा जापानीहरूलाई धेरै लाभ भएको महसुस गरेको छु।। उदाहरणका लागि, नेपाली जनशक्तिलाई स्वीकार गर्दा जापानीहरूले समान तरिकाले केयर गिभिङको काम सिकाउने उद्देश्यले ट्रेनिङ्गको म्यानुअल र सिस्टम तयार गर्न थालेका छन्, जसले गर्दा सिकाउने जापानीहरूलाई पनि राम्रो फाइदा पुगेको छ। फलस्वरुप केयर गिभिङ सेवाको गुणस्तरमा पनि उल्लेखनीय रूपमा सुधार आएको छ।
केयर गिभिङ पेशाका लागि उपयुक्त जनशक्ति
अरूलाई माया गर्ने भावना हुनु धेरै महत्वपूर्ण छ। केयर गिभिङ गर्ने पक्ष र गराउने पक्ष, कुनै पनि ठूलो सानो हुँदैन। समान दृष्टिकोणले एकअर्कासँग नजिक भएर, केयर गर्न सक्ने क्षमता भएका जनशक्ति सबैभन्दा उपयुक्त हुन्छन्। हाल ६७ जना नेपालीहरू काम गरिरहेका छन्, तिनीहरू मध्ये केवल पाँच भागको एक भाग मात्र नेपालमा नर्स थिए। नेपालमा संयुक्त परिवारमा बस्ने प्रचलन भएकाले, नर्स नभए पनि धेरैजसोले वृद्धवृद्धाप्रति माया र सम्मानको भावना राख्छन्, जुन वास्तविक काममा उपयोगी भइरहेको छ।
नेपालीहरूका लागि सन्देश
एशियामा भविष्यमा धेरै केयर गिभिङ जनशक्तिको आवश्यकता पर्नेछ। यो काम रोबोटले गर्न सक्दैन त्यसैले यदि तपाईं जापानमा आएर जापानको राष्ट्रिय प्रमाणपत्र “सर्टिफाइड केयर वर्कर” बन्न सक्नुभयो भने एशियाको सबै क्षेत्रमा सफल हुन सक्ने जनशक्ति बन्नुहुनेछ। त्यसैले जापान आउनुहोस् र मेहनत गरेर यो प्रमाणपत्र प्राप्त गर्ने प्रयास गर्नुहोस्। फिल्डमा काम गरिरहेका नेपालीहरूको काम देखेर उनीहरू केयर गिभिङको काममा उपयुक्त रहेको महशुस गरेको छु। त्यसैले तपाईंहरूले पनि आफ्नो क्षमतालाई जापानमा परीक्षण गरेहुन्थ्यो भन्ने मलाई लागेको छ ।
फोटोको विवरण (माथिबाट)) ・कार्यलयको सामान्य प्रशासन विभागका प्रमुख कावामुरा माकिहिको (बायाँ) र कार्यलयको विजनेस प्रोमोशन डिभिजनको प्रमुख (शिक्षा तर्फ) इशिदा दाइसुके (दायाँ) ・राष्ट्रिय प्रमाणपत्र ‘ सर्टिफाइड केयर वर्कर’ मा उत्तीर्ण भएका चार जना। बायाँबाट: लामाजी, सुनुवारजी, थापा मगरजी र शाक्यजी ・जापानी भाषा प्रशिक्षणको अवस्था
२२०२४ सेप्टेम्बर २९ मा ओकिनावा–नेपाल मैत्री संघ (अध्यक्ष श्री लक्ष्मण ओझा) को सहयोगमा ओकिनावा प्रिफेक्चरको नाहा सहरको वकासा कोउमिनखान (सामुदायिक केन्द्रमा) नेपालीहरूलाई लक्षित गरेर करियर विकास कार्यक्रम सञ्चालन गरियो जसमा २० जना सहभागी भएका थिए। सहभागीहरू प्रायः जापानी भाषा विद्यालयका विद्यार्थीहरू थिए। कार्यक्रम बिहान र दिउँसो गरी कुल ३ घण्टामा सम्पन्न भयो।
सहभागीहरूले अत्यन्तै उत्साहका साथ भाग लिए र लेसनका कृयाकलापमा पनि लगनशिलन भएर संलग्न भएका थिए। कार्यक्रमको सिद्धिएपछि गरिएको सर्वेक्षणमा सहभागीहरूबाट “आफ्नो भविष्यको लक्ष्य हासिल गर्नका लागि आवश्यक ज्ञान र सीपहरू कसरी सिक्ने भन्ने बारेमा मैले धेरै कुरा सिकें,” साथै “लक्ष्य प्राप्त गर्नको लागि आवश्यक सीपहरू मैले पार्ट–टाइम कामको माध्यमबाट पनि सिक्न सकिने कुरा मैले बुझें” जस्ता प्रतिक्रियाहरू दिएका थिए।
२०२४ अक्टोबरदेखि डिसेम्बरसम्म बागमती प्रदेश र लुम्बिनी प्रदेशमा तालिम सञ्चालन गरियो।
CDE परियोजनाले २०२४ अक्टोबरदेखि डिसेम्बरसम्म कुल ५ पटक PI तालिम सञ्चालन गर्यो, र लगभग ४० जना सहभागीहरूले तालिम पूरा गर्ने अपेक्षा गरिएको छ। प्रत्येक सत्रको विस्तृत कार्यान्वयन स्थिति निम्न तालिकामा छ।
तालिम सञ्चालन महिना
तालिम सञ्चालन भएको ठाउँ
तालिम पुरा गर्नेको संख्या
2024.10
बागमती प्रदेश, चितवन जिल्ला, भरतपुर महानगरपालिका
7(1)
2024.10
लुम्बिनी प्रदेश, रूपन्देही जिल्ला, बुटवल उप-महानगरपालिका
5(0)
2024.11
बागमती प्रदेश, नवलपुर जिल्ला, कावासोती नगरपालिका
9(3)
2024.11
बागमती प्रदेश, चितवन जिल्ला, भरतपुर महानगरपालिका
9(4)
2024.12
बागमती प्रदेश, नवलपुर जिल्ला, कावासोती नगरपालिका
9(4)
तालिम पुरा गर्नेको संख्यामा ( ) भित्र महिलाको संख्या उल्लेख गरिएको छ।
यस मध्ये, अक्टोबरमा चितवन जिल्ला भरतपुर महानगरपालिकामा सञ्चालन गरिएको सेसनमा होटेल र रेस्टुरेन्ट सञ्चालन गरिरहेका दम्पती सहभागी थिए र हालको मेनूमा थप हाल लोकप्रिय हुँदै गएको कुखुराको BBQ समावेश गर्ने विचार प्रस्तुत गर्नुभएको थियो। यस विचारको बारेमा प्रशिक्षक र अन्य सहभागीहरूबाट ‘होटेल रहेको क्षेत्रमा स्वादिष्ट नदीको माछा पनि प्रसिद्ध छ, त्यसैले BBQ ग्रिल जडान गर्ने भएपछि कुखुरा मात्र नभई नदीको माछाको BBQ पनि मेनूमा थप्ने र ‘ ‘प्रत्येक टेबलमा सानो BBQ ग्रिल सेटअप गरेमा ग्राहकहरूले आफैंले BBQको मजा लिन सक्छन भन्नेबारेमा ‘ विचार बिमर्श तथा प्रतिक्रियाहरू प्राप्त भए।
चितवन जिल्ला, भरतपुर महानगरपालिकामा तालिम संचालन भएको दृश्य
नवलपुर जिल्ला, कावासोती नगरपालिकामा तालिम संचालन भएको दृश्य
ARIAKE कम्पनीमा सर्भेयरको रूपमा सफलता हासिल गरेका विनोद बस्नेत , गौरव बिक, बिक्रम बिक र सागर विश्वकर्माले आफ्ना करियर निर्माण बारे एक अन्तरवार्तामा आफ्ना अनुभवहरू साझा गरे।
जापानमा विद्यार्थीका रूपमा आएका उनीहरूले दीर्घकालीन सोचका साथ सर्भेइङ्ग क्षेत्रमा करियर बनाउने लक्ष्य राख्दै निरन्तर मिहिनेत गरे र आज सफलता प्राप्त गर्न सफल भएका छन्।
अन्तरवार्तामा उनीहरूले जापानमा अध्ययन वा काम गर्न इच्छुक युवा नेपालीहरूलाई लक्षित गर्दै प्रेरणादायी सन्देशहरू पनि दिएका छन्।
२०२४ जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा, वर्षाको प्रभावले गर्दा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा गरि कुल २ पटक तालिमहरू सञ्चालन गरियो।
CDE परियोजनामा, २०२४ जुलाई देखि सेप्टेम्बरसम्म कुल २ पटक PI तालिम आयोजना गरिएको थियो, जसमा कुल २३ जना (जसमध्ये ८ जना महिला) ले तालिम पूरा गरेका छन्। प्रत्येक पटकको विस्तृत कार्यान्वयन स्थिति तलको तालिकामा देखाइएको छ।
तालिम सञ्चालन महिना
तालिम सञ्चालन भएको ठाउँ
तालिम पुरा गर्नेको संख्या
2024.8
गण्डकी प्रदेश नवलपुर जिल्ला गैंडाकोट नगरपालिका
12 (7)
2024.8
लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला, बुटवल उप-महानगरपालिका
11 (1)
तालिम पुरा गर्नेको संख्यामा ( ) भित्र महिलाको संख्या उल्लेख गरिएको छ।
सहभागीले व्यापार योजना पनि प्रस्तुत गर्नुभयो र नेपालमा अझै पनि दुर्लभ खेती प्रविधिको बारेमा चासोपूर्वक सुन्दै हुनुहुन्थ्यो। यस मध्ये, अगस्तमा नवलपुर जिल्लाको गैडाकोट नगरपालिकामा सञ्चालन गरिएको सत्रमा, हाल फोटोकपी र स्टेशनरी पसल सञ्चालन गरिरहेका सहभागीले सेवाहरूको विविधता बढाउने विचार प्रस्तुत गर्दा, अन्य सहभागीहरूले ‘फोटोकपी गर्न धेरै समय लाग्न सक्छ, त्यस पर्खिने समयमा ग्राहकहरूलाई चिया पिउनको लागि पसलको एक भागमा क्याफेको ठाउँ पनि स्थापना गर्न सक्नुहुन्छ’ भन्ने सुझाव सहित व्यवसाय विस्तार गर्नका लागि ठोस सुझावहरू दिनुभएको थियो। त्यसैगरी, रूपन्देही जिल्लाको बुटवल नगरपालिकामा सञ्चालन गरिएको सत्रमा, ‘उच्च घनत्व खेती’ प्रविधि अपनाएर आँपको उत्पादन र बिक्री बारेमा पनि बिमर्श गरिएको थियो।
नवलपरासी जिल्ला, गैडाकोट नगरपालिकामा तालिम संचालन भएको दृश्य
नवलपरासी जिल्ला, गैडाकोट नगरपालिकामा तालिम संचालन भएको दृश्य
२०२४ को अप्रिल १ र २ तारिखमा हायाबुसा कन्सल्टेन्सी एण्ड ट्रेनिङ सेन्टर प्रा.लि., काठमाडौंमा २३ नेपाली विद्यार्थीहरूलाई लक्षित गरी करियर विकास कार्यक्रम सञ्चालन गरियो। यस स्कूलमा, जापानमा अध्ययन तथा ठूलो होटल ग्रूपमा काम गरेको अनुभव भएका उमेश सरले जापानको आफ्नो अनुभव प्रयोग गरेर विद्यार्थीहरूलाई विदेशमा पढ्न पठाउने मात्र होइन, उनीहरूलाई जापानमा आएपछि जापानी समाजमा सहज रूपमा घुलमिल हुन सकुन भन्ने लक्ष्य राखेर अध्यापन गराउने गरेको बताउनुभयो।
प्रोग्रामका सहभागीहरूले जापानको अनुभवको सदुपयोग गरी सफल भएका नेपाली उद्यमीहरूको उदाहरणबाट करियर लक्ष्यको महत्त्व बुझेपछि आफ्नो करियरको लक्ष्यबारे सोचेर कार्य योजना बनाएका थिए। साथै, उमेश सरको अनुभवबाट, वरपरका नेपाली साथीहरूको प्रभावमा नपरिकन करियरका लक्ष्य प्राप्त गर्नमा केन्द्रित रही जापानमा सम्बन्ध निर्माण गर्नुको महत्त्वबारे सिकें।
सहभागीहरूले जापानी भाषाको शिक्षक, कियरगिभर, मांगा आर्टीस्ट, सफ्टवेयर इन्जिनियर र वकिल बन्ने जस्ता विभिन्न करियर लक्ष्यहरू प्रस्तुत गरे। सहभागीहरूले जापानी भाषाको शिक्षक, कियरगिभर, मांगा आर्टीस्ट, सफ्टवेयर इन्जिनियर र वकिल बन्ने जस्ता विभिन्न करियर लक्ष्यहरू प्रस्तुत गरे। रेष्टुरेन्टका म्यानेजर बन्ने करियरको लक्ष्य लिएका एक सहभागीले “पढाइ र पार्टटाइम काम गर्दा सामान्य व्यवस्थापन र रेष्टुरेन्ट व्यवसायबारे ज्ञान हासिल गरेर, नेपालमा आफ्नै रेस्टुरेन्ट खोल्न चाहन्छु। त्यसैले जापानमा जानु अघि रेस्टुरेण्टमा पार्टटाइम काम गरेर शरु गर्न चाहन्छु।” भन्ने प्रतिकृया दिएका थिएँ। हायाबुसा कन्सल्टेन्सी एण्ड ट्रेनिङ सेन्टर प्रा.लि.मा विद्यार्थी भर्ना हुने बित्तिकै र पढिसकेपछि (जापान जानुअघि) दुई पटक करियर विकास कार्यक्रम सञ्चालन गरिन्छ। आउने दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिएर थप नेपाली विद्यार्थीहरूलाई प्रेरित गर्ने योजना छ।
२०२४ साल जुन महिनाको १२ र १९ तारिखमा निहोन केइजाई दाइगाकुमा पाठ्यक्रमको एक भागको रूपमा यस विश्वविद्यालयका प्रथम वर्षका नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित गरी करियर विकास कार्यक्रमको (प्रत्येक ९० मिनेट) आयोजना गरिएको थियो जसमा ३६ जना सहभागी भएका थिए। सहभागीहरूले करियर लक्ष्य सेटिङ र करियर पथको योजना बनाउनुको महत्त्वको बारेमा सिकिसकेपछि, आफ्नो करियर लक्ष्यहरूको बारेमा सोचेर, त्यी करियर लक्ष्यहरूमा पुग्नको लागि एक्सन प्लान बनाए। कार्यक्रमकी एक महिला सहभागीले भनिन्, ” मलाई मेरो आफ्नै रुचि र चासोको बारेमा सोच्न लगाइयो, कपडाप्रतिको मेरो लगावमा पुन: स्पष्ट हुन सकेर फेशन डिजाइनर बन्ने सपना स्पष्ट रूपमा बनाउन सक्ने भएँ।” त्यस्तै अर्का एक पुरुष सहभागीले “म भविष्यमा नेपालमा फर्केर कृषिमा काम गर्ने लक्ष्य लिन चाहेकोले जापानमा रहदा इन्टर्नसिप र पार्टटाइम जागिरमार्फत कृषि सम्बन्धि सीप हासिल गर्न चाहन्छु” भने। आउने दिनमा यस कार्यक्रमलाई अन्य कक्षाहरूमा पनि विस्तार गरेर थप नेपाली विद्यार्थीहरूलाई प्रेरित गर्ने योजना रहेको छ।