करियर विकास कार्यक्रम

करियर विकास कार्यक्रमको बारेमा

जापान आएका र जापान आउने नेपाली युवाहरुलाई करियर भिजन लिन सहयोग पुऱ्याउने यो कार्यक्रमको उद्धेश्य हो।

करियर विकास कार्यक्रम (जापानमा सञ्चालन)

जापान आएका नेपाली युवाहरूलाई करियर भिजन लिन सहयोग पुऱ्याउने यो कार्यक्रमको उद्धेश्य हो।

एउटा सेसन कुल ३ घण्टा (योजना अनुसार)
लेक्चरहरू नेपाली र जापानी भाषामा सञ्चालन
जापानमा सञ्चालन

करियर विकास कार्यक्रम (नेपालमा सञ्चालन )

जापान आउने योजना भएका नेपाली युवाहरुलाई करियर भिजन लिन सहयोग पुऱ्याउने यो कार्यक्रमको उद्धेश्य हो।

एउटा सेसन कुल ४ घण्टा (योजना अनुसार)
लेक्चरहरू नेपाली भाषामा सञ्चालन
नेपालमा सञ्चालन

बिगतका करियर विकास कार्यक्रमका झलकहरू (जापान)

जापानमा करियर विकास कार्यक्रम शुरु गरेका छौ !

जापानमा पहिलो पटक आयोजना गरिएको करियर विकास कार्यक्रम २०२४ को जुन महिनाको १२ र १९ मा निहोन केइजाइ विश्वविद्यालयका नेपाली विद्यार्थीहरूलाई लक्षित गरी दुबै दिन ९० मिनेटका सेसनमा सम्पन्न भयो जसमा जम्मा ७९ जना विद्यार्थीहरू सहभागी भएका थिए। त्यसपछि, जुन महिनाको २१ तारिखमा कुमामोतो YMCA एकेडेमीमा स्वतन्त्र रूपमा सहभागिता गर्न सकिने तरिकाले सेसन सञ्चालन गरियो जसमा ३३ जनाले भाग लिएका थिए।

ओकिनावामा करियर विकास कार्यक्रम शुरू गरेका छौ !

२०२४ सेप्टेम्बर २९ मा ओकिनावा–नेपाल मैत्री संघ (अध्यक्ष श्री लक्ष्मण ओझा) को सहयोगमा ओकिनावा प्रिफेक्चरको नाहा सहरको वकासा कोउमिनखान (सामुदायिक केन्द्रमा) नेपालीहरूलाई लक्षित गरेर करियर विकास कार्यक्रम सञ्चालन गरियो जसमा २० जना सहभागी भएका थिए। सहभागीहरू प्रायः जापानी भाषा विद्यालयका विद्यार्थीहरू थिए।  कार्यक्रम बिहान र दिउँसो गरी कुल ३ घण्टामा सम्पन्न भयो।

बिगतका करियर विकास कार्यक्रमका झलकहरू (नेपाल)

Scroll to Top