Good practice:निहोन केइजाई दाइगाकु (फुकुओका क्याम्पस) मा करियर विकास कार्यक्रम सञ्चालन
| २०२४ साल जुन महिनाको १२ र १९ तारिखमा निहोन केइजाई दाइगाकुमा पाठ्यक्रमको एक भागको रूपमा यस विश्वविद्यालयका प्रथम वर्षका नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित गरी करियर विकास कार्यक्रमको (प्रत्येक ९० मिनेट) आयोजना गरिएको थियो जसमा ३६ जना सहभागी भएका थिए। सहभागीहरूले करियर लक्ष्य सेटिङ र करियर पथको योजना बनाउनुको महत्त्वको बारेमा सिकिसकेपछि, आफ्नो करियर लक्ष्यहरूको बारेमा सोचेर, त्यी करियर लक्ष्यहरूमा पुग्नको लागि एक्सन प्लान बनाए। कार्यक्रमकी एक महिला सहभागीले भनिन्, ” मलाई मेरो आफ्नै रुचि र चासोको बारेमा सोच्न लगाइयो, कपडाप्रतिको मेरो लगावमा पुन: स्पष्ट हुन सकेर फेशन डिजाइनर बन्ने सपना स्पष्ट रूपमा बनाउन सक्ने भएँ।” त्यस्तै अर्का एक पुरुष सहभागीले “म भविष्यमा नेपालमा फर्केर कृषिमा काम गर्ने लक्ष्य लिन चाहेकोले जापानमा रहदा इन्टर्नसिप र पार्टटाइम जागिरमार्फत कृषि सम्बन्धि सीप हासिल गर्न चाहन्छु” भने। आउने दिनमा यस कार्यक्रमलाई अन्य कक्षाहरूमा पनि विस्तार गरेर थप नेपाली विद्यार्थीहरूलाई प्रेरित गर्ने योजना रहेको छ। |


Good practice:निहोन केइजाई दाइगाकु (फुकुओका क्याम्पस) मा करियर विकास कार्यक्रम सञ्चालन Read More »













