सन् २०२५ जुन २८ र २९ गते, जापानमा पहिलो पटक PI तालिम ओकिनावा प्रान्तको नाहा सहरमा संचालन गरियो। यो तालिममा ओकिनावामा बसोबास गर्ने नेपाली विद्यार्थीहरू र काम गर्ने व्यक्तिहरू गरी जम्मा ९ जना सहभागी भएका थिए।
सन् २०२५ को मे महिनामा ट्रेनरको तालिम पूरा गरेका नेपाली प्रशिक्षकले तालिम संचालन गरेका थिए। सहभागीहरूले सक्रिय रूपमा आफ्ना विचार व्यक्त गरेकाले तालिम अत्यन्तै जीवन्त र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
यस तालिम मार्फत धेरै सहभागीहरूले आफ्ना भविष्यका लक्ष्यहरू स्पष्ट रूपमा सोच्न थालेको देखियो। सहभागीहरूमध्ये दुई जनाले “जसरी पनि आफ्नै व्यवसाय सुरु गर्न चाहन्छु” भन्ने दृढ इच्छा व्यक्त गरे। हाल कन्भिनियन्स स्टोरमा काम गरिरहेका एक सहभागीले पनि “भविष्यमा आत्मनिर्भर भई स्वतन्त्र रूपमा काम गर्न चाहन्छु” भन्ने सकारात्मक धारणा राखे। वास्तवमा, सहभागीहरूमध्ये एक जनाले तालिमपछि नेपाली म:म: बिक्री गर्ने सानो व्यवसाय परीक्षणको रूपमा सुरु गरेका छन् र राम्रो प्रतिक्रिया पाइरहेका छन्।
CDE ले आगामी दिनहरूमा पनि ओकिनावामा PI तालिम निरन्तर रूपमा सञ्चालन गर्दै जापानमा बसोबास गर्ने नेपालीहरूलाई आत्मनिर्भर बन्न र उद्यम सुरु गर्न सहयोग गर्दै जाने योजना बनाएको छ।
सन् २०२५ अक्टोबर २४ शुक्रबार कुमामोटोस्थित क्युशु सर्वेइङ स्कूलको जापानी भाषा विभागमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई लक्षित गरी स्टडी टुरको आयोजना गरियो। यस स्टडी टुरमा कुल ६८ जना विद्यार्थीहरू सहभागी भएका थिए। तीमध्ये २७ जनाले “आसो यामानामी रिसोर्ट होटल एन्ड गल्फ क्लब” भ्रमण गरे भने ४१ जनाले तमाना सहरस्थित “मिजुमोतो ओरेन्ज गार्डेन, तामाना सिटी” को भ्रमण गरेका थिए। “आसो यामानामी रिसोर्ट होटल एन्ड गल्फ क्लब” मा कम्पनीको बारेमा सरल रूपमा जानकारी दिएपछि कम्पनिका प्रमुख चोङज्युले जापानमा कसरी उद्यम सुरु गर्नुभयो भन्ने विषयमा जानकारी प्रदान गर्नुभयो। त्यसपछि कम्पनिको अवलोकन गराइयो र त्यहाँ कार्यरत ५ जना नेपाली कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम पनि भयो। सहभागी विद्यार्थीहरूले पहिलो पटक गल्फ मैदान देख्दा धेरै ठूलो र सुन्दर लागेको बताए। त्यहाँ नेपालीहरू पनि काम गरिरहेको देखेर आफूलाई पनि जापानमा काम गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको प्रतिकृया दिए। उनिहरूले यस भ्रमणले कार्यस्थल बुझ्न र भविष्यको करियरबारे सोच्न ठूलो सिकाइ दिएको बताएका थिए।
“मिजुमोतो ओरेन्ज गार्डेन” मा, १४० वर्षभन्दा बढी इतिहास बोकेको यस बगैंचाले कसरी पर्यटकीय कृषि फार्मका रूपमा हालको व्यवसायिक स्वरूपमा विकास गर्यो भन्ने विषयमा जानकारी दिइयो। साथै झारनाशक प्रयोग नगरीकन जैविक पदार्थ र कम रासायनिक प्रयोगमार्फत मीठा सुन्तला उत्पादन गर्न अपनाइएका उपायहरूबारे पनि व्याख्या गरियो। साथै फार्मको आकर्षणको प्रत्यक्ष अनुभव गराउन सुन्तला टिप्ने कार्यक्रम र बार्बेक्यु पनि आयोजना गरिएको थियो। नेपालमा सुन्तला खेतीमा संलग्न भएका विद्यार्थीहरू पनि सहभागी भएकाले सक्रिय प्रश्नोत्तर भएको थियो। विद्यार्थीहरूबाट “जापान आएपछि लामो समयदेखि चासो रहेको नेपाल र जापानका सुन्तलाको गुणस्तरको फरक बुझ्न पाउँदा राम्रो लागेको र बार्बेक्यु तथा सुन्तला टिप्ने अनुभव गर्न पाउँदा निकै आभारी भएको” प्रतिक्रिया आयो।
यस स्टडी टुरले विद्यार्थीहरूलाई जापानको काम गर्ने ठाउँ प्रत्यक्ष अवलोकन गर्ने र त्यहाँ काम गर्ने मानिसहरूको अनुभव प्रत्यक्ष्य सुन्ने अवसर प्रदान गर्दै जापानमा रोजगारी तथा क्षेत्रीय उद्योगप्रतिको बुझाइलाई गहिरो बनाउने एक राम्रो अवसरको रूपमा काम गर्यो
२०२५सालको जुलाईदेखि सेप्टेम्बरसम्म सञ्चालन गरिएका करियर विकास कार्यक्रमहरू निम्नानुसार छन्।
१. निहोन केइजाइ दाइगाकु (फुकुओका) सञ्चालन मिति: जुलाई १ देखि ३ सहभागी संख्या: नेपाली विद्यार्थी २१६ जना र अन्य विदेशी विद्यार्थी १३० जना जुलाई १ देखि ३ सम्म कुल ३४६ जना विद्यार्थीलाई लक्षित गरी उक्त विश्वविद्यालयमा करियर विकास कार्यक्रम सञ्चालन गरियो। यो कार्यक्रम अघिल्लो मे महिनामा गरिएको कार्यक्रम जस्तै विश्वविद्यालयको रोजगारी खोज्ने तयारी कार्यक्रमको एक भागका रूपमा राखिएको थियो। विद्यार्थीहरूले रोजगारी खोज गतिविधि तर्फको आफ्नो तयारीलाई मजबुत पार्दै उच्च जागरूकताका साथ गम्भीरतापूर्वक सहभागिता जनाए।
२. एभरेस्ट इन्टरनेशनल स्कुल (टोकियो) सञ्चालन मिति: अगस्ट २९ सहभागी संख्या: कक्षा १२ का ४० जना विद्यार्थी एभरेस्ट इन्टरनेशनल स्कुलमा कक्षा १२ का विद्यार्थीहरूलाई लक्षित गरी पहिलोपटक करियर विकास कार्यक्रम सञ्चालन गरियो। विद्यार्थीहरू निकै उत्साहका साथ कक्षामा सहभागी भए र देश विदेशका विश्वविद्यालयमा भर्ना हुने सम्भावनालाई ध्यानमा राखी सक्रिय रूपमा आफ्नो भविष्यको योजना बारे सक्रिय रुपमा छलफल गरेका थिए।
३. हिरोशिमा YMCA (हिरोशिमा) सञ्चालन मिति: सेप्टेम्बर १२ सहभागी संख्या: २१ जना हिरोशिमा YMCA मा पहिलोपटक करियर विकास कार्यक्रम बिदाको दिनमा विशेष कक्षाको रूपमा सञ्चालन गरियो। बिदाको दिन भएर पनि धेरै विद्यार्थीहरू गम्भीरतापूर्वक कक्षामा सहभागी भएका थिए।
यस अवधिमा, विशेष गरी हिरोशिमास्थित जापानी भाषा स्कूलमा पहिलोपटक कार्यक्रम सञ्चालन गर्ने अवसर मिल्यो। विद्यार्थीहरूले स्वदेश फर्किएपछि आफ्नो भविष्यको मार्गबारे स्पष्ट लक्ष्य बनाउन सकून् भनेर हरेक विद्यार्थीलाई आफ्नो भविष्यको बारेमा स्वतन्त्र रूपमा सोच्ने अवसर प्रदान गर्ने कार्यक्रमहरू कार्यान्वयन गर्न प्रयासरत रहनेछौं।
२०२५ को अप्रिलदेखि जुनसम्म सञ्चालन गरिएका सबै प्रोग्रामहरू यस प्रकार छन्।
१. निशिनिहोन जुनियर कलेज(फुकुओका) सञ्चालन मिति: अप्रिल २४, मेइ ०१, मेइ ०८ सहभागी संख्या: जम्मा ३३ जना (जसमध्ये भियतनामी १० जना) ३ हप्तामा ३ दिन यस कलेजमा पहिलो पटक करियर विकास कार्यक्रम सञ्चालन गरियो। नेपाली विद्यार्थीहरूलाई नेपाली भाषामा क्लास सञ्चालन गरिएको थियो, र भियतनामी विद्यार्थीहरूको लागि विद्यालयबाट दोभाषे तथा थप व्याख्याको व्यवस्था गरिएको थियो।
२. क्युशु स्योकुर्यो सेनमोन गाक्को(कुमामोतो) सञ्चालन मिति: अप्रिल २४ सहभागी संख्या: ४२ जना यो कार्यक्रम जनवरीमा गरिएको कार्यक्रमको फलो-अप को रुपमा सञ्चालन गरिएको हो। यहाँका शिक्षकले “अघिल्लो कार्यक्रमपछि विद्यार्थीहरूले आफ्नो भविष्यको करियरबारे पहिलेभन्दा छिट्टै र सक्रिय रूपमा सोच्न थालेका छन्” भन्ने प्रतिक्रिया दिनुभयो, जसबाट कार्यक्रमले सकारात्मक प्रभाव पारेको देखिन्छ।
३. निहोन केइजाइ दाइगाकु(फुकुओका) सञ्चालन मिति: मेइ १३ र मेइ १४ सहभागी संख्या: नेपाली विद्यार्थी ५३५ जना, अन्य देशका विद्यार्थी १७८ जना उक्त विश्वविद्यालयमा ठूलो संरचनामा करियर विकास कार्यक्रम सञ्चालन गरियो। यसपटक कार्यक्रमलाई विश्वविद्यालयको रोजगारी खोज्ने तयारी कार्यक्रमको एक भागका रूपमा राखिएको थियो। विद्यार्थीहरूले सूट लगाएर सहभागी हुनेजस्ता तयारीहरू गरेका थिए जसले उनीहरूको उच्च उत्साह देखाएको थियो।
४. क्युशु स्योकुर्यो सेनमोन गाक्को(कुमामोतो) सञ्चालन मिति : मेइ १५ सहभागी संख्या: १५ जना यो कार्यक्रम मार्चमा गरिएको कार्यक्रमको फलो-अप को रुपमा सञ्चालन गरिएको हो र अघिल्लो कार्यक्रममा सहभागी भएका १५ जना सबै विद्यार्थीहरू सहभागी भएका थिए।
५. अटम गाइगो गाकुइन फुकुओका(फुकुओका) सञ्चालन मिति: जुन २७ र जुलाइ ०४ सहभागी संख्या: २३ जना उक्त संस्थामा यो कार्यक्रम पहिलोपटक सञ्चालन गरिएको थियो। जापान आएको धेरै समय नभएका विद्यार्थी धेरै भए पनि उनीहरू निकै ध्यानपूर्वक सहभागी भए र विद्यार्थीहरूलाई करियर निर्माणबारे सोच्ने राम्रो अवसर प्राप्त भएको महसुस गरियो।
यस अवधिमा, धेरै विद्यालयहरूमा पहिलो पटक कार्यक्रम सञ्चालन गर्ने अवसर प्राप्त भएको थियो। विशेषगरी जापान आएलगत्तै रहेका भाषा विद्यालयका विद्यार्थीलाई गरिएको सहयोगले उनीहरूले आफ्नो भविष्यका विकल्पहरूबारे सक्रिय रूपमा सोच्न मद्दत गर्ने महत्त्वपूर्ण सुरुवात भएको अनुभूति गरायो। आगामी दिनमा पनि विद्यार्थीहरूको पृष्ठभूमि अनुसार सामग्रीलाई अझ सुधार गर्दै निरन्तर फलो-अप प्रणाली निर्माणमा ध्यान केन्द्रित गर्दै अगाडि बढ्नेछौँ।
सन २०२४ को अक्टोबरदेखि डिसेम्बरसम्म सञ्चालन गरिएका कार्यक्रमहरू तल प्रस्तुत गरिएको छ।
नोभेम्बर २१ मा कुमामोतो YMCA मा दोस्रो पटक करियर विकास कार्यक्रम सञ्चालन गरियो जसमा २६ जना विद्यार्थीहरू सहभागी भएका थिए। डिसेम्बर ३ र ४ गते निहोन केइजाइ युनिभर्सिटीमा पनि करियर विकास कार्यक्रम आयोजना गरियो, जसमा दुई दिनमा जम्मा ५८ जना विद्यार्थीहरूले सहभागिता जनाए। त्यस्तै, सोही युनिभर्सिटीमा डिसेम्बर ४ मा गत जुनमा सञ्चालन गरिएको करियर विकास कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूका लागि पहिलो पटक फलोअप सेसन पनि सञ्चालन गरियो, जसमा ४१ जना विद्यार्थीहरू सहभागी भएका थिए। यस अघिको तालिममा भाग लिएपछि केही विद्यार्थीहरूले ठोस कदम चाल्न थालेका छन्। उदाहरणका लागि, “होटल म्यानेजर” बन्ने लक्ष्य राखेका एक विद्यार्थीले “होटल वा रेष्टुरेन्ट गएको बेलामा त्यहाको सेवा गर्ने तरिका ध्यानपूर्वक अवलोकन गर्न थालेको छु” भनी आफ्नो व्यवहारमा आएको परिवर्तन को बारेमा जानकारी गराएका थिए।
कुमामोतो YMCA मा करियर विकास कार्यक्रमको दृश्य
निहोन केइजाइ युनिभर्सिटीमा करियर विकास कार्यक्रमको दृश्य
२०२४ अप्रिलमा नेपालमा पहिलो पटक शुरु गरिएको “करियर विकास कार्यक्रम” ले एक वर्षको अवधिमा नेपाल र जापान दुबै स्थानमा सयौं विद्यार्थीहरूलाई सिकाइको अवसर प्रदान गरेको छ।
यस परियोजना अन्तर्गत सञ्चालन भइरहेको “करियर विकास कार्यक्रम” को उद्देश्य जापानमा रोजगारीका लागि जाने नेपाली विद्यार्थीहरूलाई करियरका विविध विकल्पहरूबारे अवगत गराउने र उनीहरूलाई भविष्यको करियर दृष्टिकोण स्पष्ट रूपमा बनाउन सहयोग पुर्याउने हो। यो कार्यक्रम नेपालका जापानी भाषा विद्यालयहरूमा अध्ययनरत र भविष्यमा जापान जाने तयारीमा रहेका विद्यार्थीहरू, साथै जापानमा जापानी भाषा विद्यालय, प्राविधिक विद्यालय वा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू सबैका लागि लक्षित गरिएको छ।
नेपालमा २०२५ मेई महिनासम्म काठमाडौं, बागलुङ, बुटवल, हेटौंडा, नवलपरासी, चितवन, कावासोती र झापा लगायतका विभिन्न क्षेत्रका जापानी भाषा विद्यालयहरूमा जम्मा ४३ पटक करियर विकास कार्यक्रमहरू सञ्चालन गरियो। कार्यक्रममा जापानमा बसोबास र कार्यानुभव प्राप्त गरिसकेका तालिम प्राप्त प्रशिक्षकहरूले कक्षा सञ्चालन गरे र करिब ८४० जना विद्यार्थीहरूले जापान जाने तयारीका रुपमा कार्यक्रममा भाग लिए। नेपालमा अझै पनि विद्यालय स्तरमा “करियर शिक्षा” सामान्य रूपमा प्रचलित नभएको अवस्थामा, विद्यार्थीहरूले पहिलो पटक “करियर पथ” भन्ने अवधारणाबारे सुन्न पाए। दुई दिनको तालिममार्फत उनीहरूले भविष्यमा स्थायी करियर निर्माण गर्न आवश्यक सोच, मनोवृत्ति र तयारीबारे सिके र आफ्ना आगामी कार्ययोजना तयार पारे। सहभागी विद्यार्थीहरूले “जापान जानु अघि यो कार्यक्रम लिन पाउनु राम्रो भयो”, “जापान पुगेपछि कसरी जीवनयापन गर्ने भन्ने सिक्न पाएँ”, “अझ राम्रोसँग पढ्नुपर्ने प्रेरणा मिल्यो” जस्ता प्रतिक्रिया व्यक्त गरे।
जापानमा पनि २०२४ जुन महिनाबाट सुरु भई २०२५ मेइसम्म कान्तो, क्युस्यु र ओकिनावा क्षेत्रमा रहेका ७ विद्यालय र १ संस्थामा गरी जम्मा १८ पटक करियर विकास कार्यक्रम सञ्चालन गरियो। ती मध्ये ४ पटक भने, पहिले करियर बिकास कार्यक्रममा भाग लिएका विद्यार्थीहरूलाई लक्षित आगामी करियर मार्गतर्फ सचेतना बढाउन “फलो-अप तालिम” को रूपमा आयोजना गरिएको थियो। यी कार्यक्रमहरूमा सहभागी विद्यार्थीहरूको संख्या १,१०० जना भन्दा बढी पुगेको छ। सहभागीहरूले “आवश्यक ज्ञान र सीप कसरी प्राप्त गर्ने भन्ने सिक्न पाएँ”, “लक्ष्य हासिल गर्न आवश्यक सीप पार्ट-टाइम कामबाट पनि सिक्न सकिन्छ भन्ने थाहा पाएँ”, “दैनिक रूपमा जापानी सेवा अझै ध्यान दिएर अवलोकन गर्न थालेँ” जस्ता प्रतिक्रिया व्यक्त गरे। साथै, विद्यालयका प्रतिनिधिहरूले पनि “विद्यार्थीहरू सधैंभन्दा बढी सक्रिय र उत्साहित देखिए”, “उनीहरू भविष्यका योजनाबारे कसरी सोचिरहेका छन् भन्ने बुझ्न सकियो” भन्ने सकारात्मक प्रतिक्रिया दिएका थिए।
आगामी दिनहरूमा पनि यो कार्यक्रम नेपाल र जापान दुवै देशमा निरन्तर सञ्चालन गरिँदै जानेछ। यस कार्यक्रम मार्फत अझ धेरै नेपाली विद्यार्थीहरूलाई आफ्नो करियर निर्माणमा सशक्त बनाइ भविष्यमा नेपालको औद्योगिक विकासमा योगदान गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।
जापान यूनिभर्सिटी अफ इकोनोमिक्समा गरिएको क्लास सञ्चालनको दृश्य
२०२५ मेइ १७ (शनिबार) का दिन जापानको नागानो प्रिफेक्चरको कोमागाने शहरमा अध्ययन भ्रमण कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा विद्यार्थी तथा डिपेन्डेण्ट आदिमा रही नागानोमा बसोबास गर्ने ११ जना नेपालीहरू सहभागी भएका थिए। यस शहरमा JICA कोमागाने विदेश सहयोग स्वयम्सेवक तालिम केन्द्र समेत अवस्थित भएको कारणले, नेपालप्रति आत्मीय भावना र विभिन्न क्षेत्रमा आदानप्रदानको लामो इतिहास रहेको छ। सहभागीहरूले कोमागाने नगरपालिकाको सहयोगमा, चक्रिय (सर्कुलर) कृषि प्रणालीमार्फत बुनाशिमेजी (च्याउ) र ब्रान्ड प्याज उत्पादन गरी शहरी क्षेत्रमा वितरण गर्ने “अग्रिको” कम्पनी तथा करिब ३,००० मिटर उचाइमा अवस्थित दक्षिण आल्प्स क्षेत्रका ट्रेकिङ्ग आवश्यकतालाई पूरा गर्ने रोपवे, बस, होटललगायत पर्यटन पूर्वाधार सेवा प्रदान गर्ने “चूओ आल्प्स कङ्को” कम्पनीको भ्रमण गरे। यसमार्फत सहभागीहरूले कृषि र पर्यटन व्यवसायको वास्तविक स्थिति,साथै सो क्षेत्रमा रोजगारीको अवस्थाका बारे प्रत्यक्ष अवलोकन गर्ने अवसर पाए। त्यसैगरी, उनिहरूले कोमागाने पर्यटन संघले सञ्चालन गरेको रोड स्टेशनका पसल “कोमागाने फार्मस” भ्रमण गर्नुका साथै, यहाँ बसोबास गर्ने नेपालीद्वारा सञ्चालित रेस्टुरेन्ट तथा “नेपाल लाइब्रेरी” मा कोमागानेका स्थानीय नागरिकहरूसँग भेटघाट गरी आपसी समझदारी र मित्रता थप मजबुत बनाए।
केही सहभागीहरूले ५ देखि १० वर्षसम्म जापानमा बसेर कामको अनुभव हासिल गरी भविष्यमा नेपाल फर्किएर त्यसको उपयोग गर्दै काम तथा उद्यम गर्ने चाहना व्यक्त गरे। उनीहरूले “बुनाशिमेजी च्याउ उत्पादन प्रक्रियाको कार्यक्षमता, स्वच्छता, तापक्रम र गुणस्तर व्यवस्थापन प्रभावशाली लाग्यो”, “सर्कुलर कृषि महत्त्वपूर्ण छ भन्ने बुझाइ बढ्यो”, “ट्रेकिङ्गसँग सम्बन्धित पर्यटन सेवाको वास्तविकता र यस सम्वन्धि काम बारे प्रष्ट बुझ्न सकियो” जस्ता प्रतिकृया दिएका थिए। यस अध्ययन भ्रमणले सहभागीहरूलाई नयाँ ज्ञान र प्रेरणा दिनुका साथै कोमागाने शहरमा रोजगारीका अवसरप्रति विद्यार्थीहरूको चासो पनि बढेको अनुभूति गरायो।
जनवरीदेखि मार्च महिनासम्म सञ्चालन गरिएका कार्यक्रमहरू निम्न छन्।
जनवरी १६ र २३ तारिखका दुई सातामा, कुमामोतो स्थित क्युस्यु सर्भेइङ भोकेशनल स्कूलको जापानी भाषा विभागका विद्यार्थीहरूका लागि पहिलो पटक करियर विकास कार्यक्रम सञ्चालन गरियो, जसमा ४२ जना विद्यार्थीहरू सहभागी भएक थिए।
फेब्रुअरी ७ मा कुमामोतोको कोतो कलेज तोउजिनमाची क्याम्पसको अन्तर्राष्ट्रिय विजनेस विभागका विद्यार्थीहरूका लागि पहिलो पटक करियर विकास कार्यक्रम सञ्चालन गरियो जसमा ४७ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रह्यो।
फेब्रुअरी १७ मा कुमामोतो YMCA मा गत जुन महिनामा कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूका लागि फलोअप कार्यक्रम सञ्चालन गरियो, जसमा २३ जना विद्यार्थीहरूले भाग लिए।
फेब्रुअरी १८ मा ओकिनावा स्थित गोरेस एकेडेमी जापानी संस्कृति र अर्थशास्त्र विभागको जापानी भाषा कोर्सका विद्यार्थीहरूका लागि पहिलो पटक करियर विकास कार्यक्रम सञ्चालन गरियो, जसमा १०७ जना विद्यार्थीहरू सहभागी भएका थिए।
यस अवधिमा केही विद्यालयहरूमा पहिलो पटक कार्यक्रम आयोजना गरिएको थियो। यी सबै सेसनहरूमा विद्यार्थीहरू उत्साहित हुदै लगनशिलताका साथ करियर लक्ष्य निर्धारण लगायतका गतिविधिहरूमा संलग्न देखिए। साथै हरेक सेसनमा सम्भव भएसम्म धेरै विद्यार्थीहरूलाई प्रिजेन्टेसन गर्ने अवसर प्रदान गर्न विशेष ध्यान दिँदै कार्यक्रम सञ्चालन गरिएको थियो। यस अवधिमा केही विद्यालयहरूमा पहिलो पटक कार्यक्रम आयोजना गरिएको थियो।