Good Practice (नेपाल)
नेपालमा उद्यम तथा काम शुरु गरेकाहरुको, उत्कृष्ट गतिविधिहरू यहाँ प्रस्तुत गरिन्छ।
हायाबुसा कन्सल्टेन्सी एन्ड ट्रेनिङ सेन्टर प्रा. लि.का कार्यहरू
२०२४ को अप्रिल १ र २ तारिखमा हायाबुसा कन्सल्टेन्सी एण्ड ट्रेनिङ सेन्टर प्रा.लि., काठमाडौंमा २३ नेपाली विद्यार्थीहरूलाई लक्षित गरी करियर विकास कार्यक्रम सञ्चालन गरियो।
सहभागीहरूले जापानी भाषाको शिक्षक, कियरगिभर, मांगा आर्टीस्ट, सफ्टवेयर इन्जिनियर र वकिल बन्ने जस्ता विभिन्न करियर लक्ष्यहरू प्रस्तुत गरे। रेष्टुरेन्टका म्यानेजर बन्ने करियरको लक्ष्य लिएका एक सहभागीले “पढाइ र पार्टटाइम काम गर्दा सामान्य व्यवस्थापन र रेष्टुरेन्ट व्यवसायबारे ज्ञान हासिल गरेर, नेपालमा आफ्नै रेस्टुरेन्ट खोल्न चाहन्छु। त्यसैले जापानमा जानु अघि रेस्टुरेण्टमा पार्टटाइम काम गरेर शरु गर्न चाहन्छु।” भन्ने प्रतिकृया दिएका थिएँ

Ariake Language Training & Education Consultancy मा भएको पहल
२०२४ मे २६ र २७ मा, काठमाडौंमा रहेको Ariake Language Training & Education Consultancy मा, उक्त बिधालय मा अध्यान गर्ने २२ जना नेपाली विद्यार्थीहरूका लागि क्यारियर विकास कार्यक्रम सञ्चालन गरियो।
[यो कार्यक्रममा सहभागी भएर धेरै राम्रो लागेको महसुस भयो], [सिप र लक्ष्य, चासोहरूसँग सम्बन्धित आवश्यक कुरा सिक्न सकियो] भन्ने सकारात्मक प्रतिक्रियाहरू धेरै आए।

हामी तपाईंलाई विभिन्न नवीनतम कार्यक्रमहरूको बारेमा जानकारी प्रदान गर्नेछौं।
औद्योगिक मानव स्रोत विकास कार्यक्रममा सहभागी हुन चाहनेहरूले मेलिङ लिस्टमा नाम दर्ता गराउनु पर्नेछ।