Good Practice

जापानमा रहेका नेपाली प्रोफेशनलहरूसँगको अन्तर्वार्ता:सर्भेयरहरू

ARIAKE कं लिमिटेडका सर्भेयरहरू बिनोद बस्नेत, गौरब बिक, बिक्रम बिक, र सागर विश्वकर्माले जापानमा आएपछि विद्यार्थी हुँदादेखिनै दीर्घकालिन सोच राखेर सर्भेको फिल्डमा कसरी जापानमा आफ्नो करियर निर्माणमा सफल हुनुभयो भन्ने बारेमा आ-आफ्ना संघर्षका कथाहरू शेयर गर्नुभएको छ।
आफ्नो करियर विकासको लागि उहाँहरूबाट केहि हिन्ट्स् र प्रेरणा प्राप्त गर्नुहोस्।

आफ्नो करियरमा सफल हुनुभएका व्यक्तित्वहरू तथा नेपाली उद्यमीहरूसँगको अन्तर्वार्ताहरू हाम्रो युट्युब च्यानलमा हेर्नुहोस्।

Youtube:
https://www.youtube.com/watch?v=e1FC2p3pvd8

जापानमा रहेका नेपाली प्रोफेशनलहरूसँगको अन्तर्वार्ता:सर्भेयरहरू Read More »

गुड प्राक्टिस: हायाबुसा कन्सल्टेन्सी एन्ड ट्रेनिङ सेन्टर प्रा. लि.मा करियर विकास कार्यक्रम संचालन

२०२४ को अप्रिल १ र २ तारिखमा हायाबुसा कन्सल्टेन्सी एण्ड ट्रेनिङ सेन्टर प्रा.लि., काठमाडौंमा २३ नेपाली विद्यार्थीहरूलाई लक्षित गरी करियर विकास कार्यक्रम सञ्चालन गरियो।
यस स्कूलमा, जापानमा अध्ययन तथा ठूलो होटल ग्रूपमा काम गरेको अनुभव भएका उमेश सरले जापानको आफ्नो अनुभव प्रयोग गरेर विद्यार्थीहरूलाई विदेशमा पढ्न पठाउने मात्र होइन, उनीहरूलाई जापानमा आएपछि जापानी समाजमा सहज रूपमा घुलमिल हुन सकुन भन्ने लक्ष्य राखेर अध्यापन गराउने गरेको बताउनुभयो।
 
प्रोग्रामका सहभागीहरूले जापानको अनुभवको सदुपयोग गरी सफल भएका नेपाली उद्यमीहरूको उदाहरणबाट करियर लक्ष्यको महत्त्व बुझेपछि आफ्नो करियरको लक्ष्यबारे सोचेर कार्य योजना बनाएका थिए। साथै, उमेश सरको अनुभवबाट, वरपरका नेपाली साथीहरूको प्रभावमा नपरिकन करियरका लक्ष्य प्राप्त गर्नमा केन्द्रित रही जापानमा सम्बन्ध निर्माण गर्नुको महत्त्वबारे सिकें।
 
सहभागीहरूले जापानी भाषाको शिक्षक, कियरगिभर, मांगा आर्टीस्ट, सफ्टवेयर इन्जिनियर र वकिल बन्ने जस्ता विभिन्न करियर लक्ष्यहरू प्रस्तुत गरे। सहभागीहरूले जापानी भाषाको शिक्षक, कियरगिभर, मांगा आर्टीस्ट, सफ्टवेयर इन्जिनियर र वकिल बन्ने जस्ता विभिन्न करियर लक्ष्यहरू प्रस्तुत गरे। रेष्टुरेन्टका म्यानेजर बन्ने करियरको लक्ष्य लिएका एक सहभागीले “पढाइ र पार्टटाइम काम गर्दा सामान्य व्यवस्थापन र रेष्टुरेन्ट व्यवसायबारे ज्ञान हासिल गरेर, नेपालमा आफ्नै रेस्टुरेन्ट खोल्न चाहन्छु। त्यसैले जापानमा जानु अघि रेस्टुरेण्टमा पार्टटाइम काम गरेर शरु गर्न चाहन्छु।” भन्ने प्रतिकृया दिएका थिएँ।
हायाबुसा कन्सल्टेन्सी एण्ड ट्रेनिङ सेन्टर प्रा.लि.मा विद्यार्थी भर्ना हुने बित्तिकै र पढिसकेपछि (जापान जानुअघि) दुई पटक करियर विकास कार्यक्रम सञ्चालन गरिन्छ। आउने दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिएर थप नेपाली विद्यार्थीहरूलाई प्रेरित गर्ने योजना छ।
लेक्चर दिएको दृष्य

गुड प्राक्टिस: हायाबुसा कन्सल्टेन्सी एन्ड ट्रेनिङ सेन्टर प्रा. लि.मा करियर विकास कार्यक्रम संचालन Read More »

Good practice:निहोन केइजाई दाइगाकु (फुकुओका क्याम्पस) मा करियर विकास कार्यक्रम सञ्चालन

२०२४ साल जुन महिनाको १२ र १९ तारिखमा निहोन केइजाई दाइगाकुमा पाठ्यक्रमको एक भागको रूपमा यस विश्वविद्यालयका प्रथम वर्षका नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित गरी करियर विकास कार्यक्रमको (प्रत्येक ९० मिनेट) आयोजना गरिएको थियो जसमा ३६ जना सहभागी भएका थिए। सहभागीहरूले करियर लक्ष्य सेटिङ र करियर पथको योजना बनाउनुको महत्त्वको बारेमा सिकिसकेपछि, आफ्नो करियर लक्ष्यहरूको बारेमा सोचेर, त्यी करियर लक्ष्यहरूमा पुग्नको लागि एक्सन प्लान बनाए। कार्यक्रमकी एक महिला सहभागीले भनिन्, ” मलाई मेरो आफ्नै रुचि र चासोको बारेमा सोच्न लगाइयो, कपडाप्रतिको मेरो लगावमा पुन: स्पष्ट हुन सकेर फेशन डिजाइनर बन्ने सपना स्पष्ट रूपमा बनाउन सक्ने भएँ।” त्यस्तै अर्का एक पुरुष सहभागीले “म भविष्यमा नेपालमा फर्केर कृषिमा काम गर्ने लक्ष्य लिन चाहेकोले जापानमा रहदा इन्टर्नसिप र पार्टटाइम जागिरमार्फत कृषि सम्बन्धि सीप हासिल गर्न चाहन्छु” भने। आउने दिनमा यस कार्यक्रमलाई अन्य कक्षाहरूमा पनि विस्तार गरेर थप नेपाली विद्यार्थीहरूलाई प्रेरित गर्ने योजना रहेको छ।
नेपाली लेक्चररले सिकाएको अवस्था
करियर लक्ष्यहरू सोच्दै गरेको अवस्था

Good practice:निहोन केइजाई दाइगाकु (फुकुओका क्याम्पस) मा करियर विकास कार्यक्रम सञ्चालन Read More »

Ariake Language Training & Education Consultancy मा भएको पहल

२०२४ मे २६ र २७ मा, काठमाडौंमा रहेको Ariake Language Training & Education Consultancy मा, उक्त बिधालय मा अध्यान गर्ने २२ जना नेपाली विद्यार्थीहरूका लागि क्यारियर विकास कार्यक्रम सञ्चालन गरियो।
[यो कार्यक्रममा सहभागी भएर धेरै राम्रो लागेको महसुस भयो], [सिप र लक्ष्य, चासोहरूसँग सम्बन्धित आवश्यक कुरा सिक्न सकियो] भन्ने सकारात्मक प्रतिक्रियाहरू धेरै आए।
[आफ्नो जीवनभर क्यारियरलाई पुनर्विचार गर्न आवश्यक ज्ञान प्राप्त गर्न सकियो। जहाँ गए पनि, भोलि के काम गर्ने भनेर यदि आफ्नो लक्ष्य (क्यारियर लक्ष्य) स्पष्ट छैन भने कठिनाइहरू उत्पन्न हुन सक्छन्।
त्यसैले, ज्ञान र सिपलाई राम्रोसँग विकास गर्नु आवश्यक छ।] भन्ने बिचारहरु पनि सुन्न पाइयो।

Ariake Language Training & Education Consultancy मा भएको पहल Read More »

Scroll to Top