दोस्रो स्टडी टूरमा भिजिट गरिएको निशी कासुगाई फुकुशिकाईले नेपाली प्राविधिक प्रशिक्षार्थीहरूको क्षमता वृद्धि गर्न सपोर्ट गर्दछ। CDE प्रोजेक्टले निशी कासुगाई फुकुशिकाईका पहलहरूको बारेमा अन्तरवार्ता लियो।
कम्पनीको संक्षिप्त विवरण
- कम्पनीको नाम:
- ठेगाना:
- कर्मचारी संख्या:
- उद्योगको प्रकार:
- व्यापारको विवरण:
- होमपेज:
- समाज कल्याण संघ निशी कासुगाई फुकुशिकाई
- कासुगाशिनमाची-९५, कियोसु सिटी, आइची प्रिफेक्चर
- ७२६ जना (२०२४ सालको जुलाई ९ तारिखसम्म)
यसमध्ये ६७ जना नेपालीहरूले केयरगिभरको रूपमा काम गरिरहेका छन्। - नर्सिङ केयर
- निशी कासुगाई जिल्ला (स्थानिय निकाय) द्वारा स्थापित समाज कल्याण संघ
यसले छवटा विशेष नर्सिङ होमहरू र अपाङ्गता भएका व्यक्तिहरूका लागि दुईवटा सेवा केन्द्रहरू सहित कुल आठ वटा सेवा केन्द्रहरू सञ्चालन गर्दछ। - https://nishikasugai-fukushikai.or.jp/
कम्पनीसँग अन्तर्वार्ता
नेपाली कामदारलाई स्वीकार गर्नुको कारण
नेपालमा गुणस्तरीय जनशक्ति ठूलो संख्यामा रहेको सुनेकोले २०१७ मा नेपाली कामदार भित्र्याउने योजना बनायौं। नेपालमा गएर स्थिति अवलोकन गरेर अन्तर्वार्ता लिएपछि उनीहरूलाई स्वीकार गर्ने निर्णय गर्यौं र २०१९ देखि कामदार लिने प्रक्रिया सुरु गर्यौं। अहिले ६७ जना नेपालीहरू केयरगिभर स्टाफको रूपमा कार्यरत छन्।
नेपाली कामदारलाई प्रदान गरिएको सपोर्ट
उनीहरूलाई चाँडो जापानमा घुलमिल गराउनको लागि सपोर्ट प्रदान गर्दैछौं। हाम्रो मुख्य फोकस जापानी भाषा शिक्षामा सपोर्ट गर्नु हो, यहाँ जापानी भाषा शिक्षकको लाइसेन्स भएका केयरगिभर स्टाफहरूले जापानी भाषा सिकाइरहेका छन्। “दैनिक जीवनको जापानी भाषा” र “नर्सिङ केयरको जापानी भाषा” गरी दुई भागमा विभाजन गरेर सिकाइन्छ। “दैनिक जीवनको जापानी भाषा” मा दैनिक जीवनका लागि आवश्यक जापानी भाषा र JLPT ( जापानी भाषा दक्षता परीक्षा) सँग सम्बन्धित जापानी भाषा सिकाइन्छ भने “नर्सिङ केयरको जापानी भाषा” मा नर्सिङ केयरका लागि आवश्यक जापानी भाषा सिकाइन्छ।
काम गर्न सुरू गरेपछि पहिलो तीन महिना बिहानको समयमा फिल्डको काम र दिउँसो अध्ययनको लागि भनेर समय छुट्याइन्छ। संस्थाको नीति अनुसार जापानी कर्मचारीहरूसँगै भेदभाव नगरीकन एकसाथ काम गरुन भन्ने चाहनाले एक वर्ष जापानी भाषा सिकाउनमा सपोर्ट प्रदान गर्दै आएका छौं। जापान आएपछि प्राविधिक इन्टर्नहरूलाई “प्राविधिक इन्टर्न प्रशिक्षण नम्बर १ → नम्बर २ → विशिष्ट सीप नम्बर १→सर्टिफाइड केयर वर्कर” राष्ट्रिय प्रमाणपत्र प्राप्त गर्ने करियर पथको बारेमा जानकारी दिइन्छ र हालका काम गरिरहेका धेरै प्राविधिक इन्टर्नहरू यो क्यारियर पथ लिने लक्ष्य राखेका छन्। इन्टर्नहरूको मेहनत सफल भएको छ। यसपटक ४ जनाले नेपालीहरूले सर्टिफाइड केयर वर्करको प्रमाणपत्र प्राप्त गरेका छन्।
नेपाली जनशक्तिलाई कम्पनिमा लिदा हुने फाइदाहरू
नेपालीहरूलाई सपोर्ट गर्दा जापानीहरूलाई धेरै लाभ भएको महसुस गरेको छु।। उदाहरणका लागि, नेपाली जनशक्तिलाई स्वीकार गर्दा जापानीहरूले समान तरिकाले केयर गिभिङको काम सिकाउने उद्देश्यले ट्रेनिङ्गको म्यानुअल र सिस्टम तयार गर्न थालेका छन्, जसले गर्दा सिकाउने जापानीहरूलाई पनि राम्रो फाइदा पुगेको छ। फलस्वरुप केयर गिभिङ सेवाको गुणस्तरमा पनि उल्लेखनीय रूपमा सुधार आएको छ।
केयर गिभिङ पेशाका लागि उपयुक्त जनशक्ति
अरूलाई माया गर्ने भावना हुनु धेरै महत्वपूर्ण छ। केयर गिभिङ गर्ने पक्ष र गराउने पक्ष, कुनै पनि ठूलो सानो हुँदैन। समान दृष्टिकोणले एकअर्कासँग नजिक भएर, केयर गर्न सक्ने क्षमता भएका जनशक्ति सबैभन्दा उपयुक्त हुन्छन्। हाल ६७ जना नेपालीहरू काम गरिरहेका छन्, तिनीहरू मध्ये केवल पाँच भागको एक भाग मात्र नेपालमा नर्स थिए। नेपालमा संयुक्त परिवारमा बस्ने प्रचलन भएकाले, नर्स नभए पनि धेरैजसोले वृद्धवृद्धाप्रति माया र सम्मानको भावना राख्छन्, जुन वास्तविक काममा उपयोगी भइरहेको छ।
नेपालीहरूका लागि सन्देश
एशियामा भविष्यमा धेरै केयर गिभिङ जनशक्तिको आवश्यकता पर्नेछ। यो काम रोबोटले गर्न सक्दैन त्यसैले यदि तपाईं जापानमा आएर जापानको राष्ट्रिय प्रमाणपत्र “सर्टिफाइड केयर वर्कर” बन्न सक्नुभयो भने एशियाको सबै क्षेत्रमा सफल हुन सक्ने जनशक्ति बन्नुहुनेछ। त्यसैले जापान आउनुहोस् र मेहनत गरेर यो प्रमाणपत्र प्राप्त गर्ने प्रयास गर्नुहोस्। फिल्डमा काम गरिरहेका नेपालीहरूको काम देखेर उनीहरू केयर गिभिङको काममा उपयुक्त रहेको महशुस गरेको छु। त्यसैले तपाईंहरूले पनि आफ्नो क्षमतालाई जापानमा परीक्षण गरेहुन्थ्यो भन्ने मलाई लागेको छ ।
फोटोको विवरण (माथिबाट))
・कार्यलयको सामान्य प्रशासन विभागका प्रमुख कावामुरा माकिहिको (बायाँ) र कार्यलयको विजनेस प्रोमोशन डिभिजनको प्रमुख (शिक्षा तर्फ) इशिदा दाइसुके (दायाँ)
・राष्ट्रिय प्रमाणपत्र ‘ सर्टिफाइड केयर वर्कर’ मा उत्तीर्ण भएका चार जना। बायाँबाट: लामाजी, सुनुवारजी, थापा मगरजी र शाक्यजी
・जापानी भाषा प्रशिक्षणको अवस्था