PI तालिम सञ्चालन 【२०२४ अक्टोबर – डिसेम्बर】

२०२४ अक्टोबरदेखि डिसेम्बरसम्म बागमती प्रदेश र लुम्बिनी प्रदेशमा तालिम सञ्चालन गरियो।

CDE परियोजनाले २०२४ अक्टोबरदेखि डिसेम्बरसम्म कुल ५ पटक PI तालिम सञ्चालन गर्यो, र लगभग ४० जना सहभागीहरूले तालिम पूरा गर्ने अपेक्षा गरिएको छ।
प्रत्येक सत्रको विस्तृत कार्यान्वयन स्थिति निम्न तालिकामा छ।

तालिम सञ्चालन महिनातालिम सञ्चालन भएको ठाउँतालिम पुरा गर्नेको संख्या
2024.10बागमती प्रदेश, चितवन जिल्ला, भरतपुर महानगरपालिका7(1)
2024.10लुम्बिनी प्रदेश, रूपन्देही जिल्ला, बुटवल उप-महानगरपालिका5(0)
2024.11बागमती प्रदेश, नवलपुर जिल्ला, कावासोती नगरपालिका9(3)
2024.11बागमती प्रदेश, चितवन जिल्ला, भरतपुर महानगरपालिका9(4)
2024.12बागमती प्रदेश, नवलपुर जिल्ला, कावासोती नगरपालिका9(4)


यस मध्ये, अक्टोबरमा चितवन जिल्ला भरतपुर महानगरपालिकामा सञ्चालन गरिएको सेसनमा होटेल र रेस्टुरेन्ट सञ्चालन गरिरहेका दम्पती सहभागी थिए र हालको मेनूमा थप हाल लोकप्रिय हुँदै गएको कुखुराको BBQ समावेश गर्ने विचार प्रस्तुत गर्नुभएको थियो।
यस विचारको बारेमा प्रशिक्षक र अन्य सहभागीहरूबाट ‘होटेल रहेको क्षेत्रमा स्वादिष्ट नदीको माछा पनि प्रसिद्ध छ, त्यसैले BBQ ग्रिल जडान गर्ने भएपछि कुखुरा मात्र नभई नदीको माछाको BBQ पनि मेनूमा थप्ने र ‘ ‘प्रत्येक टेबलमा सानो BBQ ग्रिल सेटअप गरेमा ग्राहकहरूले आफैंले BBQको मजा लिन सक्छन भन्नेबारेमा ‘ विचार बिमर्श तथा प्रतिक्रियाहरू प्राप्त भए।

चितवन जिल्ला, भरतपुर महानगरपालिकामा तालिम संचालन भएको दृश्य
नवलपुर जिल्ला, कावासोती नगरपालिकामा तालिम संचालन भएको दृश्य
Scroll to Top