ओकिनावाको वकासा कोउमिनखानमा करियर विकास कार्यक्रम सञ्चालन भयो !

२०२४ सेप्टेम्बर २९ मा ओकिनावा-नेपाल मैत्री संघ (प्रतिनिधि श्री लक्ष्मण ओझा) को सहयोगमा ओकिनावा प्रिफेक्चरको नाहा सहरको वकासा कोउमिनमा नेपालीहरूलाई लक्षित गरेर करियर विकास कार्यक्रम सञ्चालन गरियो जसमा २० जना सहभागी भएका थिए। सहभागीहरू प्रायः जापानी भाषा विद्यालयका विद्यार्थीहरू थिए। कार्यक्रम बिहान (९० मिनेट) → नेपाली खानाको लन्च → दिउँसो (९० मिनेट) गरेर सम्पन्न गरियो।
बिहानको सेसनमा करियर लक्ष्य निर्धारण र करियर पथ योजनाको महत्वबारे सिकेर सहभागीहरूले आफ्नो करियर लक्ष्यबारे सोच्ने मौका पाए। त्यसपछि नेपाली खानाको आनन्द लिएर दिउँसोको सेसनमा सहभागीहरूले ती करियर लक्ष्यहरूलाई पूरा गर्न आवश्यक कार्य योजना तयार गरे।

सहभागीहरूले धेरै चासो देखाएर उत्साहका साथ क्रियाकलापमा संलग्न भएका थिए। सहभागीहरूबाट “आफ्नो भविष्यको लक्ष्य पूरा गर्न आवश्यक ज्ञान र सीप कसरी प्राप्त गर्ने भन्ने कुरा सिकें”, “आफ्नो लक्ष्य हासिल गर्नका लागि आवश्यक सीपहरू पार्ट-टाइम कामबाट पनि सिक्न सकिन्छ भन्ने कुरा बुझें”, “एकदमै सही समयमा यो कार्यक्रममा भाग लिन पाएकोमा खुसी छु र यो कार्यक्रमले मेरो लक्ष्य पूरा गर्न धेरै मद्दत गर्नेछ भन्ने महसुस गरें”, “अब करियर सुरु गर्न खोजिरहेका हामी जस्ता व्यक्तिहरूका लागि यो कार्यक्रम महत्वपूर्ण मार्गदर्शक बन्यो”,“अध्ययन भ्रमण र इन्टर्नशिप जस्ता अवसरहरूको माध्यमबाट जापानमा हुँदा कृषि प्रविधि सम्वन्धी सिक्न चाहन्छु”, “भविष्यमा मैले नर्सिङ सेवामा आफ्नो करियर बनाउन चाहन्छु त्यसैले त्यससँग सम्बन्धित करियर पथ रोज्नु पर्ने कुरा थाहा भयो” भन्ने जस्ता प्रतिक्रियाहरू प्राप्त भए।

नेपाली प्रशिक्षकले लेक्चर गरेको दृश्य

ग्रुप फोटो

Scroll to Top