“आसो र तामानामा रहेका ब्यवसायहरूबाट सिक्ने विद्यार्थीहरू लक्षित स्टडी टुर” सम्पन्न गरियो!

सन् २०२५ अक्टोबर २४ शुक्रबार कुमामोटोस्थित क्युशु सर्वेइङ स्कूलको जापानी भाषा विभागमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई लक्षित गरी स्टडी टुरको आयोजना गरियो। यस स्टडी टुरमा कुल ६८ जना विद्यार्थीहरू सहभागी भएका थिए। तीमध्ये २७ जनाले “आसो यामानामी रिसोर्ट होटल एन्ड गल्फ क्लब” भ्रमण गरे भने ४१ जनाले तमाना सहरस्थित “मिजुमोतो ओरेन्ज गार्डेन, तामाना सिटी” को भ्रमण गरेका थिए।
“आसो यामानामी रिसोर्ट होटल एन्ड गल्फ क्लब” मा कम्पनीको बारेमा सरल रूपमा जानकारी दिएपछि कम्पनिका प्रमुख चोङज्युले जापानमा कसरी उद्यम सुरु गर्नुभयो भन्ने विषयमा जानकारी प्रदान गर्नुभयो। त्यसपछि कम्पनिको अवलोकन गराइयो र त्यहाँ कार्यरत ५ जना नेपाली कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम पनि भयो।
सहभागी विद्यार्थीहरूले पहिलो पटक गल्फ मैदान देख्दा धेरै ठूलो र सुन्दर लागेको बताए। त्यहाँ नेपालीहरू पनि काम गरिरहेको देखेर आफूलाई पनि जापानमा काम गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको प्रतिकृया दिए। उनिहरूले यस भ्रमणले कार्यस्थल बुझ्न र भविष्यको करियरबारे सोच्न ठूलो सिकाइ दिएको बताएका थिए।

“मिजुमोतो ओरेन्ज गार्डेन” मा, १४० वर्षभन्दा बढी इतिहास बोकेको यस बगैंचाले कसरी पर्यटकीय कृषि फार्मका रूपमा हालको व्यवसायिक स्वरूपमा विकास गर्‍यो भन्ने विषयमा जानकारी दिइयो। साथै झारनाशक प्रयोग नगरीकन जैविक पदार्थ र कम रासायनिक प्रयोगमार्फत मीठा सुन्तला उत्पादन गर्न अपनाइएका उपायहरूबारे पनि व्याख्या गरियो। साथै फार्मको आकर्षणको प्रत्यक्ष अनुभव गराउन सुन्तला टिप्ने कार्यक्रम र बार्बेक्यु पनि आयोजना गरिएको थियो। नेपालमा सुन्तला खेतीमा संलग्न भएका विद्यार्थीहरू पनि सहभागी भएकाले सक्रिय प्रश्नोत्तर भएको थियो। विद्यार्थीहरूबाट “जापान आएपछि लामो समयदेखि चासो रहेको नेपाल र जापानका सुन्तलाको गुणस्तरको फरक बुझ्न पाउँदा राम्रो लागेको र बार्बेक्यु तथा सुन्तला टिप्ने अनुभव गर्न पाउँदा निकै आभारी भएको” प्रतिक्रिया आयो।

यस स्टडी टुरले विद्यार्थीहरूलाई जापानको काम गर्ने ठाउँ प्रत्यक्ष अवलोकन गर्ने र त्यहाँ काम गर्ने मानिसहरूको अनुभव प्रत्यक्ष्य सुन्ने अवसर प्रदान गर्दै जापानमा रोजगारी तथा क्षेत्रीय उद्योगप्रतिको बुझाइलाई गहिरो बनाउने एक राम्रो अवसरको रूपमा काम गर्‍यो

मिजुमोतो ओरेन्ज गार्डेनमा खिचेको सामुहिक फोटो

आसो यामानामी रिसोर्ट होटल एन्ड गल्फ क्लबमा अवलोकन

Scroll to Top