जापानमा करियर विकास प्रोग्राम सञ्चालन (२०२५ अप्रिलदेखि जुनसम्म)

२०२५ को अप्रिलदेखि जुनसम्म सञ्चालन गरिएका सबै प्रोग्रामहरू यस प्रकार छन्।

१. निशिनिहोन जुनियर कलेज(फुकुओका)
सञ्चालन मिति: अप्रिल २४, मेइ ०१, मेइ ०८
सहभागी संख्या: जम्मा ३३ जना (जसमध्ये भियतनामी १० जना)
३ हप्तामा ३ दिन यस कलेजमा पहिलो पटक करियर विकास कार्यक्रम सञ्चालन गरियो।
नेपाली विद्यार्थीहरूलाई नेपाली भाषामा क्लास सञ्चालन गरिएको थियो, र भियतनामी विद्यार्थीहरूको लागि विद्यालयबाट दोभाषे तथा थप व्याख्याको व्यवस्था गरिएको थियो।

२. क्युशु स्योकुर्यो सेनमोन गाक्को(कुमामोतो)
सञ्चालन मिति: अप्रिल २४
सहभागी संख्या: ४२ जना
यो कार्यक्रम जनवरीमा गरिएको कार्यक्रमको फलो-अप को रुपमा सञ्चालन गरिएको हो।
यहाँका शिक्षकले “अघिल्लो कार्यक्रमपछि विद्यार्थीहरूले आफ्नो भविष्यको करियरबारे पहिलेभन्दा छिट्टै र सक्रिय रूपमा सोच्न थालेका छन्” भन्ने प्रतिक्रिया दिनुभयो, जसबाट कार्यक्रमले सकारात्मक प्रभाव पारेको देखिन्छ।

३. निहोन केइजाइ दाइगाकु(फुकुओका)
सञ्चालन मिति: मेइ १३ र मेइ १४
सहभागी संख्या: नेपाली विद्यार्थी ५३५ जना, अन्य देशका विद्यार्थी १७८ जना
उक्त विश्वविद्यालयमा ठूलो संरचनामा करियर विकास कार्यक्रम सञ्चालन गरियो।
यसपटक कार्यक्रमलाई विश्वविद्यालयको रोजगारी खोज्ने तयारी कार्यक्रमको एक भागका रूपमा राखिएको थियो। विद्यार्थीहरूले सूट लगाएर सहभागी हुनेजस्ता तयारीहरू गरेका थिए जसले उनीहरूको उच्च उत्साह देखाएको थियो।

४. क्युशु स्योकुर्यो सेनमोन गाक्को(कुमामोतो)
सञ्चालन मिति : मेइ १५
सहभागी संख्या: १५ जना
यो कार्यक्रम मार्चमा गरिएको कार्यक्रमको फलो-अप को रुपमा सञ्चालन गरिएको हो र अघिल्लो कार्यक्रममा सहभागी भएका १५ जना सबै विद्यार्थीहरू सहभागी भएका थिए।

५. अटम गाइगो गाकुइन फुकुओका(फुकुओका)
सञ्चालन मिति: जुन २७ र जुलाइ ०४
सहभागी संख्या: २३ जना
उक्त संस्थामा यो कार्यक्रम पहिलोपटक सञ्चालन गरिएको थियो।
जापान आएको धेरै समय नभएका विद्यार्थी धेरै भए पनि उनीहरू निकै ध्यानपूर्वक सहभागी भए र विद्यार्थीहरूलाई करियर निर्माणबारे सोच्ने राम्रो अवसर प्राप्त भएको महसुस गरियो।

यस अवधिमा, धेरै विद्यालयहरूमा पहिलो पटक कार्यक्रम सञ्चालन गर्ने अवसर प्राप्त भएको थियो।
विशेषगरी जापान आएलगत्तै रहेका भाषा विद्यालयका विद्यार्थीलाई गरिएको सहयोगले उनीहरूले आफ्नो भविष्यका विकल्पहरूबारे सक्रिय रूपमा सोच्न मद्दत गर्ने महत्त्वपूर्ण सुरुवात भएको अनुभूति गरायो।
आगामी दिनमा पनि विद्यार्थीहरूको पृष्ठभूमि अनुसार सामग्रीलाई अझ सुधार गर्दै निरन्तर फलो-अप प्रणाली निर्माणमा ध्यान केन्द्रित गर्दै अगाडि बढ्नेछौँ।

निशिनिहोन जुनियर कलेजको सेसनको झलक

निहोन केइजाइ दाइगाकुको सेसनको झलक

अटम गाइगो गाकुइनको सेसनको झलक

Scroll to Top