सन् २०२५ जुन २८ र २९ गते, जापानमा पहिलो पटक PI तालिम ओकिनावा प्रान्तको नाहा सहरमा संचालन गरियो। यो तालिममा ओकिनावामा बसोबास गर्ने नेपाली विद्यार्थीहरू र काम गर्ने व्यक्तिहरू गरी जम्मा ९ जना सहभागी भएका थिए।
सन् २०२५ को मे महिनामा ट्रेनरको तालिम पूरा गरेका नेपाली प्रशिक्षकले तालिम संचालन गरेका थिए। सहभागीहरूले सक्रिय रूपमा आफ्ना विचार व्यक्त गरेकाले तालिम अत्यन्तै जीवन्त र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
यस तालिम मार्फत धेरै सहभागीहरूले आफ्ना भविष्यका लक्ष्यहरू स्पष्ट रूपमा सोच्न थालेको देखियो। सहभागीहरूमध्ये दुई जनाले “जसरी पनि आफ्नै व्यवसाय सुरु गर्न चाहन्छु” भन्ने दृढ इच्छा व्यक्त गरे। हाल कन्भिनियन्स स्टोरमा काम गरिरहेका एक सहभागीले पनि “भविष्यमा आत्मनिर्भर भई स्वतन्त्र रूपमा काम गर्न चाहन्छु” भन्ने सकारात्मक धारणा राखे। वास्तवमा, सहभागीहरूमध्ये एक जनाले तालिमपछि नेपाली म:म: बिक्री गर्ने सानो व्यवसाय परीक्षणको रूपमा सुरु गरेका छन् र राम्रो प्रतिक्रिया पाइरहेका छन्।
CDE ले आगामी दिनहरूमा पनि ओकिनावामा PI तालिम निरन्तर रूपमा सञ्चालन गर्दै जापानमा बसोबास गर्ने नेपालीहरूलाई आत्मनिर्भर बन्न र उद्यम सुरु गर्न सहयोग गर्दै जाने योजना बनाएको छ।

तालिम संचालन गर्दाको दृश्य

सहभागीले प्रस्तुति गर्दाको दृश्य

