जापानमा करियर विकास प्रोग्राम सञ्चालन (२०२४ अक्टोबरदेखि डिसेम्बरसम्म)

अक्टोबरदेखि डिसेम्बरसम्म सञ्चालन गरिएका कार्यक्रमहरू तल प्रस्तुत गरिएको छ।

नोभेम्बर २१ मा कुमामोतो YMCA मा दोस्रो पटक करियर विकास कार्यक्रम सञ्चालन गरियो जसमा २६ जना विद्यार्थीहरू सहभागी भएका थिए।
डिसेम्बर ३ र ४ गते निहोन केइजाइ युनिभर्सिटीमा पनि करियर विकास कार्यक्रम आयोजना गरियो, जसमा दुई दिनमा जम्मा ५८ जना विद्यार्थीहरूले सहभागिता जनाए।
त्यस्तै, सोही युनिभर्सिटीमा डिसेम्बर ४ मा गत जुनमा सञ्चालन गरिएको करियर विकास कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूका लागि पहिलो पटक फलोअप सेसन पनि सञ्चालन गरियो, जसमा ४१ जना विद्यार्थीहरू सहभागी भएका थिए। यस अघिको तालिममा भाग लिएपछि केही विद्यार्थीहरूले ठोस कदम चाल्न थालेका छन्। उदाहरणका लागि, “होटल म्यानेजर” बन्ने लक्ष्य राखेका एक विद्यार्थीले “होटल वा रेष्टुरेन्ट गएको बेलामा त्यहाको सेवा गर्ने तरिका ध्यानपूर्वक अवलोकन गर्न थालेको छु” भनी आफ्नो व्यवहारमा आएको परिवर्तन को बारेमा जानकारी गराएका थिए।

कुमामोतो YMCA मा करियर विकास कार्यक्रमको दृश्य

निहोन केइजाइ युनिभर्सिटीमा करियर विकास कार्यक्रमको दृश्य

निहोन केइजाइ युनिभर्सिटीमा फलो-अप सेसनको दृश्य

Scroll to Top