सूचना

नेपालका पठाउने संस्थाहरूको लिस्ट तयार गरिएको छ!

OTIT को लिस्टमा नभएका केही नेपालका पठाउने संस्थाहरूको वेबसाइट तथा ठेगाना लगायतको विस्तृत विवरण हामीले संकलन गरेका छौं।

यो सूची निःशुल्क उपलब्ध गराइनेछ। यदि तपाईंलाई विवरण आवश्यक भएमा तलको बटनबाट आवेदन दिनुहोस्।

नेपालका पठाउने संस्थाहरूको लिस्ट तयार गरिएको छ! Read More »

जापानको जीवनशैली र म्यानर सम्बन्धी जानकारीमूलक भिडियोहरूको YouTube च्यानल सुरु भएको छ!

CDE परियोजनाले जापानमा बस्ने विदेशीहरूका लागि जानकारीमूलक भिडियोहरू तयार पारिरहेको छ।

विदेशमा सामान्य ठानिने केही व्यवहारहरू जापानमा भने अपराध वा म्यानरको उल्लङ्घन हुन सक्छन्।

जापानमा सहज तरिकाले जीवनयापन गर्नको लागि पनि कृपया भिडियो हेर्नुहोस्!

Youtube च्यानल यहाँबाट !

कागती फल(अन्य पनि धेरै भिडियोहरू छन्!)

जापानको जीवनशैली र म्यानर सम्बन्धी जानकारीमूलक भिडियोहरूको YouTube च्यानल सुरु भएको छ! Read More »

ओकिनावामा करियर विकास कार्यक्रम शुरू गरेका छौ !

२२०२४ सेप्टेम्बर २९ मा ओकिनावा–नेपाल मैत्री संघ (अध्यक्ष श्री लक्ष्मण ओझा) को सहयोगमा ओकिनावा प्रिफेक्चरको नाहा सहरको वकासा कोउमिनखान (सामुदायिक केन्द्रमा) नेपालीहरूलाई लक्षित गरेर करियर विकास कार्यक्रम सञ्चालन गरियो जसमा २० जना सहभागी भएका थिए। सहभागीहरू प्रायः जापानी भाषा विद्यालयका विद्यार्थीहरू थिए।  कार्यक्रम बिहान र दिउँसो गरी कुल ३ घण्टामा सम्पन्न भयो।

सहभागीहरूले अत्यन्तै उत्साहका साथ भाग लिए र लेसनका कृयाकलापमा पनि लगनशिलन भएर संलग्न भएका थिए। कार्यक्रमको सिद्धिएपछि गरिएको सर्वेक्षणमा सहभागीहरूबाट “आफ्नो भविष्यको लक्ष्य हासिल गर्नका लागि आवश्यक ज्ञान र सीपहरू कसरी सिक्ने भन्ने बारेमा मैले धेरै कुरा सिकें,” साथै “लक्ष्य प्राप्त गर्नको लागि आवश्यक सीपहरू मैले पार्ट–टाइम कामको माध्यमबाट पनि सिक्न सकिने कुरा मैले बुझें” जस्ता प्रतिक्रियाहरू दिएका थिए।

नेपाली प्रशिक्षकले लेक्चर गरेको दृश्य

ग्रुप फोटो

ओकिनावामा करियर विकास कार्यक्रम शुरू गरेका छौ ! Read More »

PI तालिम सञ्चालन 【२०२४ अक्टोबर – डिसेम्बर】

२०२४ अक्टोबरदेखि डिसेम्बरसम्म बागमती प्रदेश र लुम्बिनी प्रदेशमा तालिम सञ्चालन गरियो।

CDE परियोजनाले २०२४ अक्टोबरदेखि डिसेम्बरसम्म कुल ५ पटक PI तालिम सञ्चालन गर्यो, र लगभग ४० जना सहभागीहरूले तालिम पूरा गर्ने अपेक्षा गरिएको छ।
प्रत्येक सत्रको विस्तृत कार्यान्वयन स्थिति निम्न तालिकामा छ।

तालिम सञ्चालन महिनातालिम सञ्चालन भएको ठाउँतालिम पुरा गर्नेको संख्या
2024.10बागमती प्रदेश, चितवन जिल्ला, भरतपुर महानगरपालिका7(1)
2024.10लुम्बिनी प्रदेश, रूपन्देही जिल्ला, बुटवल उप-महानगरपालिका5(0)
2024.11बागमती प्रदेश, नवलपुर जिल्ला, कावासोती नगरपालिका9(3)
2024.11बागमती प्रदेश, चितवन जिल्ला, भरतपुर महानगरपालिका9(4)
2024.12बागमती प्रदेश, नवलपुर जिल्ला, कावासोती नगरपालिका9(4)


यस मध्ये, अक्टोबरमा चितवन जिल्ला भरतपुर महानगरपालिकामा सञ्चालन गरिएको सेसनमा होटेल र रेस्टुरेन्ट सञ्चालन गरिरहेका दम्पती सहभागी थिए र हालको मेनूमा थप हाल लोकप्रिय हुँदै गएको कुखुराको BBQ समावेश गर्ने विचार प्रस्तुत गर्नुभएको थियो।
यस विचारको बारेमा प्रशिक्षक र अन्य सहभागीहरूबाट ‘होटेल रहेको क्षेत्रमा स्वादिष्ट नदीको माछा पनि प्रसिद्ध छ, त्यसैले BBQ ग्रिल जडान गर्ने भएपछि कुखुरा मात्र नभई नदीको माछाको BBQ पनि मेनूमा थप्ने र ‘ ‘प्रत्येक टेबलमा सानो BBQ ग्रिल सेटअप गरेमा ग्राहकहरूले आफैंले BBQको मजा लिन सक्छन भन्नेबारेमा ‘ विचार बिमर्श तथा प्रतिक्रियाहरू प्राप्त भए।

चितवन जिल्ला, भरतपुर महानगरपालिकामा तालिम संचालन भएको दृश्य
नवलपुर जिल्ला, कावासोती नगरपालिकामा तालिम संचालन भएको दृश्य

PI तालिम सञ्चालन 【२०२४ अक्टोबर – डिसेम्बर】 Read More »

PI तालिम सञ्चालन मिति 【२०२४ जुलाई – सेप्टेम्बर】

२०२४ जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा, वर्षाको प्रभावले गर्दा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा गरि कुल २ पटक तालिमहरू सञ्चालन गरियो।

CDE परियोजनामा, २०२४ जुलाई देखि सेप्टेम्बरसम्म कुल २ पटक PI तालिम आयोजना गरिएको थियो, जसमा कुल २३ जना (जसमध्ये ८ जना महिला) ले तालिम पूरा गरेका छन्।
प्रत्येक पटकको विस्तृत कार्यान्वयन स्थिति तलको तालिकामा देखाइएको छ।

तालिम सञ्चालन महिनातालिम सञ्चालन भएको ठाउँतालिम पुरा गर्नेको संख्या
2024.8गण्डकी प्रदेश नवलपुर जिल्ला गैंडाकोट नगरपालिका12 (7)
2024.8लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला, बुटवल उप-महानगरपालिका11 (1)

सहभागीले व्यापार योजना पनि प्रस्तुत गर्नुभयो र नेपालमा अझै पनि दुर्लभ खेती प्रविधिको बारेमा चासोपूर्वक सुन्दै हुनुहुन्थ्यो।
यस मध्ये, अगस्तमा नवलपुर जिल्लाको गैडाकोट नगरपालिकामा सञ्चालन गरिएको सत्रमा, हाल फोटोकपी र स्टेशनरी पसल सञ्चालन गरिरहेका सहभागीले सेवाहरूको विविधता बढाउने विचार प्रस्तुत गर्दा, अन्य सहभागीहरूले ‘फोटोकपी गर्न धेरै समय लाग्न सक्छ, त्यस पर्खिने समयमा ग्राहकहरूलाई चिया पिउनको लागि पसलको एक भागमा क्याफेको ठाउँ पनि स्थापना गर्न सक्नुहुन्छ’ भन्ने सुझाव सहित व्यवसाय विस्तार गर्नका लागि ठोस सुझावहरू दिनुभएको थियो।
त्यसैगरी, रूपन्देही जिल्लाको बुटवल नगरपालिकामा सञ्चालन गरिएको सत्रमा, ‘उच्च घनत्व खेती’ प्रविधि अपनाएर आँपको उत्पादन र बिक्री बारेमा पनि बिमर्श गरिएको थियो।

नवलपरासी जिल्ला, गैडाकोट नगरपालिकामा तालिम संचालन भएको दृश्य
नवलपरासी जिल्ला, गैडाकोट नगरपालिकामा तालिम संचालन भएको दृश्य

PI तालिम सञ्चालन मिति 【२०२४ जुलाई – सेप्टेम्बर】 Read More »

PI तालिम सञ्चालन मिति 【२०२४ अप्रिल – जुन】

२०२४ अप्रिलदेखि जुनसम्म, राजधानी काठमाडौं रहेको बागमती प्रदेश र नेपालको दोस्रो ठूलो शहर गण्डकी प्रदेश, कास्की जिल्लाको पोखरा महानगरपालिका सहित पाँच वटा शहरहरूमा तालिमहरू सञ्चालन गरियो।

CDE परियोजनाले २०२४ अप्रिलदेखि जुनसम्म कुल ६ पटक PI तालिम सञ्चालन गर्यो र ५० जना (जसमध्ये १६ जना महिला) ले तालिम पूरा गरे।
प्रत्येक सत्रको विस्तृत कार्यान्वयन स्थिति निम्न तालिकामा छ

तालिम सञ्चालन महिनातालिम सञ्चालन भएको ठाउँतालिम पुरा गर्नेको संख्या
2024.4गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका5 (1)
2024.4बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका9 (3)
2024.5बागमती प्रदेश, मकवानपुर जिल्ला, हेटौडा उप-महानगरपालिका8 (0)
2024.5बागमती प्रदेश, चितवन जिल्ला, भरतपुर महानगरपालिका5 (1)
2024.5गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैडाकोट नगरपालिका11 (4)
2024.6गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका12 (7)

यस मध्ये, अक्टोबरमा चितवन जिल्ला भरतपुर महानगरपालिका मा सञ्चालन गरिएको सत्रमा, होटल र रेस्टुरेन्ट सञ्चालन गरिरहेका दम्पती सहभागी थिए र हालको मेनूमा थप हाल लोकप्रिय हुँदै गएको कुखुराको बीबीक्यू समावेश गर्ने विचार प्रस्तुत गर्नुभएको थियो। यस विचारको बारेमा प्रशिक्षक र अन्य सहभागीहरूबाट ‘होटेल रहेको क्षेत्रमा स्वादिष्ट नदीको माछा पनि प्रसिद्ध छ, त्यसैले बीबीक्यू ग्रिल जडान गर्न लागेपछि कुखुरा मात्र नभई नदीको माछाको बीबीक्यू पनि मेनूमा थप्ने बारेमा र,’ ‘प्रत्येक टेबलमा सानो बीबीक्यू ग्रिल सेटअप गर्दा, ग्राहकहरूले आफैंले बीबीक्यूको मजा लिन सक्छन भन्नेबारेमा ‘ विचार बिमर्श तथा प्रतिक्रियाहरू प्राप्त भए।

PI प्रशिक्षण पूरा गरेपछि जूसको बिक्री सुरु गर्नु हुने महिला
चितवन जिल्लाको भरतपुर नगरपालिकामा तालिम संचालन भएको दृश्य

PI तालिम सञ्चालन मिति 【२०२४ अप्रिल – जुन】 Read More »

ओकिनावामा करियर विकास प्रोग्राम आयोजना सम्बन्धी सूचना !

ओकिनावा नेपाल फ्रेन्डसिप एसोसिएसन र NPO ओकिनावा इन्टरनेशनल ह्युमन रिसोर्स सपोर्ट सेन्टरसँगको सहकार्यमा JICA नेपाल ओभरसिज वर्कर्स करियर डेभलपमेन्ट एन्ड इन्टरप्रेन्योर सपोर्ट प्रोजेक्ट (CDE) ले अगस्त 1 र 2 तारिखमा करियर विकास प्रोग्रामको आयोजना गरेको छ। यदि तपाईंले भविष्यमा के गर्न चाहनुहुन्छ र त्यसका लागि तपाईंले कस्तो तयारी गर्नुपर्छ भन्ने बारे कहिल्यै सोच्नुभएको छैन भने वा यदि तपाईं यसको बारेमा सोच्न चाहनुहुन्छ भने कृपया यस प्रोग्राममा सामेल हुनुहोस्।

<करियर विकास प्रोग्राममा सिक्न सकिने कुराहरू>

  •  जापानको अध्ययन र कार्य अनुभवको सदुपयोग गरी व्यवसायिक सफलता हासिल गरेका नेपालीहरूको केस स्टडी।
  •  जापान आएका धेरै नेपालीहरूले भोग्ने गरेका असफलताका उदाहरणहरू।
  •  आफ्नो भविष्यमा हासिल गर्न चाहने करियर लक्ष्यहरूको बारेमा सोच्ने।
  •  आफ्नो करियर लक्ष्यहरू प्राप्त गर्ने स्टेपहरूको बारेमा सोच्ने।

<आवेदन दिने तरिका>

यदि तपाईं इच्छुक हुनुहुन्छ भने आवेदन फारम भरेर आवेदन दिनुहोस् (क्षमता भन्दा बढी आवेदनहरू भएको खण्डमा सहभागीहरूले आवेदन फारममा दिइएको उत्तरहरूको आधारमा सहभागी छानिनेछ।)

जापानी भाषामा:

https://docs.google.com/forms/d/e/1FAIpQLSciUrZOU_sMqRSZDwM5_6hmcC6wlwbC4Jn2a4wOTm-IMyzpKQ/viewform

नेपाली भाषामा:

https://docs.google.com/forms/d/e/1FAIpQLSf1123JHBljQz9tTu9jR78WsQVVNa6NRJ4RQlvFTVVNBTL1rA/viewform

<सेसनको सारांश>

【मिति र समय(※दुबै दिनमा सहभागी हुनु पर्नेछ)】

अगष्ट 1 तारिख (बिहिबार) 9:30〜11:30 र अगष्ट 2 तारिख (शुक्रबार) 9:30〜11:30

【स्थान】

ओकिनावा प्रिफेक्चरल जेण्डर इक्ववालिटी सेन्टर「तिरूरू」दोस्रो तलाको सम्मेलन कोठा(ओकिनावा प्रिफेक्च, नाहा सिटी निशी 3-11-1)(https://www.tiruru.or.jp/)

【अन्य】

सहभागिता शुल्क लाग्ने छैन। सो दिनमा नेपाली भाषामा सेमिनार सञ्चालन हुनेछ।

ओकिनावामा करियर विकास प्रोग्राम आयोजना सम्बन्धी सूचना ! Read More »

जापानमा करियर विकास कार्यक्रम सुरू गरेका छौं !

जापानमा पहिलो पटक आयोजना गरिएको करियर विकास कार्यक्रम २०२४ को जुन महिनाको १२ र १९ मा निहोन केइजाइ विश्वविद्यालयका नेपाली विद्यार्थीहरूलाई लक्षित गरी दुबै दिन ९० मिनेटका सेसनमा सम्पन्न भयो जसमा जम्मा ७९ जना विद्यार्थीहरू सहभागी भएका थिए। त्यसपछि, जुन महिनाको २१ तारिखमा कुमामोतो YMCA एकेडेमीमा स्वतन्त्र रूपमा सहभागिता गर्न सकिने तरिकाले सेसन सञ्चालन गरियो जसमा ३३ जनाले भाग लिएका थिए।

सहभागीहरूले करियर लक्ष्य निर्धारण र करियर पथको योजनाजस्ता करियर विकासका महत्वपूर्ण अवधारणाहरूको बारेमा सिक्नुका साथै आफ्नो करियर लक्ष्य पहिचान गरी त्यसलाई हासिल गर्नका लागि एक्सन प्लान तयार पारे।

निहोन केइजाई विश्वविद्यालयको क्लासको झलक
कुमामोतो YMCA एकेडेमीको क्लासको झलक

जापानमा करियर विकास कार्यक्रम सुरू गरेका छौं ! Read More »

PI तालिम सञ्चालन मिति【२०२४ जनवरी – मार्च】

सन् २०२४ को जनवरीदेखि मार्चसम्म (बागमती प्रदेशको काठमाडौं समेत गरि ) ३ वटा प्रदेशका ६ वटा जिल्लामा तालिम कार्यक्रम सञ्चालन गरियो।

CDE परियोजनाले २०२४ जनवरीदेखि मार्चसम्म कुल ८ पटक PI तालिम सञ्चालन गर्यो र ६३ जना (जसमध्ये २३ जना महिला) ले तालिम पूरा गरे।
प्रत्येक सत्रको विस्तृत कार्यान्वयन स्थिति निम्न तालिकामा राखिएको छ।

तालिम सञ्चालन महिनातालिम सञ्चालन भएको ठाउँतालिम पुरा गर्नेको संख्या
2024.1लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला, बुटवल उप-महानगरपालिका11 (7)
2024.1बागमती प्रदेश, काठमाडौं महानगरपालिका9 (2)
2024.2कोसी प्रदेश, झापा जिल्ला, बिर्तामोड नगरपालिका5 (2)
2024.2लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला, बुटवल उप-महानगरपालिका6 (6)
2024.2लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला, बुटवल उप-महानगरपालिका9 (1)
2024.2बागमती प्रदेश, चितवन जिल्ला, रत्ननगर नगरपालिका11 (3)
2024.2बागमती प्रदेश काठमाडौं महानगरपालिका4 (0)
2024.3लुम्बिनी प्रदेश परासी जिल्ला सुनवल नगरपालिका8 (2)

यसमध्ये, चितवन जिल्ला रत्ननगर नगरपालिकामा आयोजित तालिमको क्रममा हाल कृषिमा संलग्न सहभागीहरूले च्याउ सुकाएर प्रशोधन गरी उत्पादन गर्ने व्यावसायिक आइडिया प्रस्तुत गर्नुभयो । प्रशिक्षकहरू र अन्य सहभागीहरूबाट “सुकाउनको लागि सौर्य ड्रायरको प्रयोगबारे विचार गर्न सकिन्छ”, “सुकाइएको च्याउ प्रयोग गरी अचार पनि बनाउन सकिन्छ” भन्ने जस्ता व्यावहारिक सल्लाहहरू प्रदान गरियो।

चितवन जिल्ला रत्ननगर नगरपालिकामा तालिम संचालन भएको दृश्य
काठमाडौं जिल्लामा तालिम संचालन भएको दृश्य

PI तालिम सञ्चालन मिति【२०२४ जनवरी – मार्च】 Read More »

प्रोजेक्टको इन्स्टाग्राम बनाएका छौं।

प्रोजेक्टको इन्स्टाग्राम बनाएका छौं। यहाँ बिभिन्न किसिमका जानकारीहरू शेयर गर्ने गर्छौं। त्यसैले कृपया फलो गर्नुहोला।

प्रोजेक्टको इन्स्टाग्राम बनाएका छौं। Read More »

Scroll to Top