ओकिनावामा करियर विकास प्रोग्राम आयोजना सम्बन्धी सूचना !

ओकिनावा नेपाल फ्रेन्डसिप एसोसिएसन र NPO ओकिनावा इन्टरनेशनल ह्युमन रिसोर्स सपोर्ट सेन्टरसँगको सहकार्यमा JICA नेपाल ओभरसिज वर्कर्स करियर डेभलपमेन्ट एन्ड इन्टरप्रेन्योर सपोर्ट प्रोजेक्ट (CDE) ले अगस्त 1 र 2 तारिखमा करियर विकास प्रोग्रामको आयोजना गरेको छ। यदि तपाईंले भविष्यमा के गर्न चाहनुहुन्छ र त्यसका लागि तपाईंले कस्तो तयारी गर्नुपर्छ भन्ने बारे कहिल्यै सोच्नुभएको छैन भने वा यदि तपाईं यसको बारेमा सोच्न चाहनुहुन्छ भने कृपया यस प्रोग्राममा सामेल हुनुहोस्।

<करियर विकास प्रोग्राममा सिक्न सकिने कुराहरू>

  •  जापानको अध्ययन र कार्य अनुभवको सदुपयोग गरी व्यवसायिक सफलता हासिल गरेका नेपालीहरूको केस स्टडी।
  •  जापान आएका धेरै नेपालीहरूले भोग्ने गरेका असफलताका उदाहरणहरू।
  •  आफ्नो भविष्यमा हासिल गर्न चाहने करियर लक्ष्यहरूको बारेमा सोच्ने।
  •  आफ्नो करियर लक्ष्यहरू प्राप्त गर्ने स्टेपहरूको बारेमा सोच्ने।

<आवेदन दिने तरिका>

यदि तपाईं इच्छुक हुनुहुन्छ भने आवेदन फारम भरेर आवेदन दिनुहोस् (क्षमता भन्दा बढी आवेदनहरू भएको खण्डमा सहभागीहरूले आवेदन फारममा दिइएको उत्तरहरूको आधारमा सहभागी छानिनेछ।)

जापानी भाषामा:

https://docs.google.com/forms/d/e/1FAIpQLSciUrZOU_sMqRSZDwM5_6hmcC6wlwbC4Jn2a4wOTm-IMyzpKQ/viewform

नेपाली भाषामा:

https://docs.google.com/forms/d/e/1FAIpQLSf1123JHBljQz9tTu9jR78WsQVVNa6NRJ4RQlvFTVVNBTL1rA/viewform

<सेसनको सारांश>

【मिति र समय(※दुबै दिनमा सहभागी हुनु पर्नेछ)】

अगष्ट 1 तारिख (बिहिबार) 9:30〜11:30 र अगष्ट 2 तारिख (शुक्रबार) 9:30〜11:30

【स्थान】

ओकिनावा प्रिफेक्चरल जेण्डर इक्ववालिटी सेन्टर「तिरूरू」दोस्रो तलाको सम्मेलन कोठा(ओकिनावा प्रिफेक्च, नाहा सिटी निशी 3-11-1)(https://www.tiruru.or.jp/)

【अन्य】

सहभागिता शुल्क लाग्ने छैन। सो दिनमा नेपाली भाषामा सेमिनार सञ्चालन हुनेछ।

Scroll to Top