ओकिनावामा करियर विकास प्रोग्राम आयोजना सम्बन्धी सूचना!

ओकिनावा नेपाल फ्रेन्डसिप एसोसिएसन र  NPO ओकिनावा इन्टरनेशनल ह्युमन रिसोर्स सपोर्ट सेन्टरसँगको सहकार्यमा JICA नेपाल ओभरसिज वर्कर्स करियर डेभलपमेन्ट एन्ड इन्टरप्रेन्योर सपोर्ट प्रोजेक्ट (CDE) ले अगस्त 1 र 2 तारिखमा करियर विकास प्रोग्रामको आयोजना गरेको छ। यदि तपाईंले भविष्यमा के गर्न चाहनुहुन्छ र त्यसका लागि तपाईंले कस्तो तयारी गर्नुपर्छ भन्ने बारे कहिल्यै सोच्नुभएको छैन भने वा यदि तपाईं यसको बारेमा सोच्न चाहनुहुन्छ भने कृपया यस प्रोग्राममा सामेल हुनुहोस्।

करियर विकास प्रोग्राममा सिक्न सकिने कुराहरू

  • जापानको अध्ययन र कार्य अनुभवको सदुपयोग गरी व्यवसायिक सफलता हासिल गरेका नेपालीहरूको केस स्टडी।
  •  जापान आएका धेरै नेपालीहरूले भोग्ने गरेका असफलताका उदाहरणहरू।
  • आफ्नो भविष्यमा हासिल गर्न चाहने करियर लक्ष्यहरूको बारेमा सोच्ने।
  • आफ्नो करियर लक्ष्यहरू प्राप्त गर्ने स्टेपहरूको बारेमा सोच्ने

आवेदन दिने तरिका

यदि तपाईं इच्छुक हुनुहुन्छ भने आवेदन फारम भरेर आवेदन दिनुहोस् (क्षमता भन्दा बढी आवेदनहरू भएको खण्डमा सहभागीहरूले आवेदन फारममा दिइएको उत्तरहरूको आधारमा सहभागी छानिनेछ।)

जापानी भाषामा:

https://docs.google.com/forms/d/e/1FAIpQLSciUrZOU_sMqRSZDwM5_6hmcC6wlwbC4Jn2a4wOTm-IMyzpKQ/viewform

नेपाली भाषामा:

https://docs.google.com/forms/d/e/1FAIpQLSf1123JHBljQz9tTu9jR78WsQVVNa6NRJ4RQlvFTVVNBTL1rA/viewform

सेसनको सारांश

【मिति र समय(※दुबै दिनमा सहभागी हुनु पर्नेछ)】

अगष्ट 1 तारिख (बिहिबार) 9:30〜11:30 र  अगष्ट 2 तारिख (शुक्रबार) 9:30〜11:30

【स्थान】

ओकिनावा प्रिफेक्चरल जेण्डर इक्ववालिटी सेन्टर「तिरूरू」दोस्रो तलाको सम्मेलन कोठा(ओकिनावा प्रिफेक्च, नाहा सिटी निशी 3-11-1)(https://www.tiruru.or.jp/

【अन्य】

सहभागिता शुल्क लाग्ने छैन। सो दिनमा नेपाली भाषामा सेमिनार सञ्चालन हुनेछ।

Scroll to Top