नेपालमा करियर विकास तालिम सञ्चालन (२०२४ को अक्टोबरदेखि डिसेम्बरसम्म)
CDE परियोजना मार्फत २०२४ सालको अक्टोबरदेखि डिसेम्बरसम्म गरी जम्मा १० पटक करियर विकास तालिम कार्यक्रम सञ्चालन गरियो र कुल २२३ जना विद्यार्थीहरू सहभागी भएका थिए। प्रत्येक कार्यक्रमको विस्तृत विवरण तलको तालिकामा दिइएको छ।
| सम्पन्न महिना | सञ्चालन गरिएका जापानी भाषा स्कूल | प्रदेश | जिल्ला | सहभागी संख्या |
| २०२४.१० | Globe International Edu. Consult | बाग्मती | काठमाडौँ | २० |
| २०२४.१० | Alright International Consultancy | बाग्मती | चितवन | १८ |
| २०२४.११ | Susuki consultancy Pvt. Ltd | लुम्बिनी | नवलपरासी | ४० |
| २०२४.११ | BITA Training Center | लुम्बिनी | रुपन्देही | २२ |
| २०२४.१२ | Kotodama Language Institute Pvt. Ltd | बाग्मती | काठमाडौँ | ३२ |
| २०२४.१२ | Ariake Language Training & Education Consultancy | बाग्मती | काठमाडौँ | १० |
| २०२४.१२ | Hinode Japanese Language Institute | बाग्मती | ललितपुर | १३ |
| २०२४.१२ | Tomodachi International Language Center | गण्डकी | नवलपुर | २३ |
| २०२४.१२ | Noriba International Consultancy | बाग्मती | काठमाडौँ | २५ |
| २०२४.१२ | Haisai Multiple Nepal | लुम्बिनी | रुपन्देही | २० |
२०२४ सालको अक्टोबरदेखि डिसेम्बरसम्म बागमती प्रदेशका २ जिल्ला, गण्डकी प्रदेशको १ जिल्ला तथा लुम्बिनी प्रदेशका २ जिल्लामा कार्यक्रमहरू सञ्चालन गरियो।
तीमध्ये डिसेम्बर महिनामा Ariake Language Training & Education Consultancy मा सञ्चालन गरिएको कार्यक्रममा प्राविधिक इन्टर्नशिप वा विशेष सीपयुक्त कामदारको भिसामार्फत जापान जान चाहने विद्यार्थीहरूले जापानमा भाषा शिक्षकको रूपमा कार्यअनुभव प्राप्त गरेकी सुनिता म्यामको मार्गदर्शनमा आफ्ना करियरबारे गम्भीर रूपमा विचार गर्ने अवसर पाए।
करियर लक्ष्य प्रस्तुत गर्ने क्रममा विद्यार्थीहरूले “जापानमा गएर खाद्य प्रशोधन सम्बन्धी प्रविधि सिक्न चाहन्छु र भविष्यमा नेपाल फर्किएर त्यस ज्ञानलाई उपयोग गर्न सकिने काम गर्न चाहन्छु” , “खाद्य प्याकेजिङ मा रुचि भएकाले जापानको विकसित प्रविधि सिकेर नेपालमा फर्किएपछि कम्पनी स्थापना गर्न चाहन्छु” भन्ने जस्ता जापानमा हासिल गर्न चाहने ठोस प्रविधि र भविष्य योजना पनि प्रस्तुत गरेका थिए।
त्यस्तै डिसेम्बर महिनादेखि C D E परियोजना मार्फत तालिम प्राप्त ट्रेनर काठमाडौंमा पनि पूर्ण रूपमा सक्रिय हुन थालेका छन्। यसरी कार्यक्रमको कार्यान्वयन क्षेत्र थप सुदृढ बनाइएको छ। आगामी दिनहरूमा काठमाडौं आसपासका जापानी भाषा विद्यालयहरूमा कार्यक्रम विस्तार गर्ने योजना छ।。

नेपालमा करियर विकास तालिम सञ्चालन (२०२४ को अक्टोबरदेखि डिसेम्बरसम्म) Read More »







