सन् २०२४ को जनवरीदेखि मार्चसम्म (बागमती प्रदेशको काठमाडौं समेत गरि ) ३ वटा प्रदेशका ६ वटा जिल्लामा तालिम कार्यक्रम सञ्चालन गरियो।
CDE परियोजनाले २०२४ जनवरीदेखि मार्चसम्म कुल ८ पटक PI तालिम सञ्चालन गर्यो र ६३ जना (जसमध्ये २३ जना महिला) ले तालिम पूरा गरे।
प्रत्येक सत्रको विस्तृत कार्यान्वयन स्थिति निम्न तालिकामा राखिएको छ।
तालिम सञ्चालन महिना | तालिम सञ्चालन भएको ठाउँ | तालिम पुरा गर्नेको संख्या |
2024.1 | लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला, बुटवल उप-महानगरपालिका | 11 (7) |
2024.1 | बागमती प्रदेश, काठमाडौं महानगरपालिका | 9 (2) |
2024.2 | कोसी प्रदेश, झापा जिल्ला, बिर्तामोड नगरपालिका | 5 (2) |
2024.2 | लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला, बुटवल उप-महानगरपालिका | 6 (6) |
2024.2 | लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला, बुटवल उप-महानगरपालिका | 9 (1) |
2024.2 | बागमती प्रदेश, चितवन जिल्ला, रत्ननगर नगरपालिका | 11 (3) |
2024.2 | बागमती प्रदेश काठमाडौं महानगरपालिका | 4 (0) |
2024.3 | लुम्बिनी प्रदेश परासी जिल्ला सुनवल नगरपालिका | 8 (2) |
तालिम पुरा गर्नेको संख्यामा ( ) भित्र महिलाको संख्या उल्लेख गरिएको छ।
यसमध्ये, चितवन जिल्ला रत्ननगर नगरपालिकामा आयोजित तालिमको क्रममा हाल कृषिमा संलग्न सहभागीहरूले च्याउ सुकाएर प्रशोधन गरी उत्पादन गर्ने व्यावसायिक आइडिया प्रस्तुत गर्नुभयो । प्रशिक्षकहरू र अन्य सहभागीहरूबाट “सुकाउनको लागि सौर्य ड्रायरको प्रयोगबारे विचार गर्न सकिन्छ”, “सुकाइएको च्याउ प्रयोग गरी अचार पनि बनाउन सकिन्छ” भन्ने जस्ता व्यावहारिक सल्लाहहरू प्रदान गरियो।