गुड प्राक्टिस: हायाबुसा कन्सल्टेन्सी एन्ड ट्रेनिङ सेन्टर प्रा. लि.मा करियर विकास कार्यक्रम संचालन

२०२४ को अप्रिल १ र २ तारिखमा हायाबुसा कन्सल्टेन्सी एण्ड ट्रेनिङ सेन्टर प्रा.लि., काठमाडौंमा २३ नेपाली विद्यार्थीहरूलाई लक्षित गरी करियर विकास कार्यक्रम सञ्चालन गरियो।
यस स्कूलमा, जापानमा अध्ययन तथा ठूलो होटल ग्रूपमा काम गरेको अनुभव भएका उमेश सरले जापानको आफ्नो अनुभव प्रयोग गरेर विद्यार्थीहरूलाई विदेशमा पढ्न पठाउने मात्र होइन, उनीहरूलाई जापानमा आएपछि जापानी समाजमा सहज रूपमा घुलमिल हुन सकुन भन्ने लक्ष्य राखेर अध्यापन गराउने गरेको बताउनुभयो।
 
प्रोग्रामका सहभागीहरूले जापानको अनुभवको सदुपयोग गरी सफल भएका नेपाली उद्यमीहरूको उदाहरणबाट करियर लक्ष्यको महत्त्व बुझेपछि आफ्नो करियरको लक्ष्यबारे सोचेर कार्य योजना बनाएका थिए। साथै, उमेश सरको अनुभवबाट, वरपरका नेपाली साथीहरूको प्रभावमा नपरिकन करियरका लक्ष्य प्राप्त गर्नमा केन्द्रित रही जापानमा सम्बन्ध निर्माण गर्नुको महत्त्वबारे सिकें।
 
सहभागीहरूले जापानी भाषाको शिक्षक, कियरगिभर, मांगा आर्टीस्ट, सफ्टवेयर इन्जिनियर र वकिल बन्ने जस्ता विभिन्न करियर लक्ष्यहरू प्रस्तुत गरे। सहभागीहरूले जापानी भाषाको शिक्षक, कियरगिभर, मांगा आर्टीस्ट, सफ्टवेयर इन्जिनियर र वकिल बन्ने जस्ता विभिन्न करियर लक्ष्यहरू प्रस्तुत गरे। रेष्टुरेन्टका म्यानेजर बन्ने करियरको लक्ष्य लिएका एक सहभागीले “पढाइ र पार्टटाइम काम गर्दा सामान्य व्यवस्थापन र रेष्टुरेन्ट व्यवसायबारे ज्ञान हासिल गरेर, नेपालमा आफ्नै रेस्टुरेन्ट खोल्न चाहन्छु। त्यसैले जापानमा जानु अघि रेस्टुरेण्टमा पार्टटाइम काम गरेर शरु गर्न चाहन्छु।” भन्ने प्रतिकृया दिएका थिएँ।
हायाबुसा कन्सल्टेन्सी एण्ड ट्रेनिङ सेन्टर प्रा.लि.मा विद्यार्थी भर्ना हुने बित्तिकै र पढिसकेपछि (जापान जानुअघि) दुई पटक करियर विकास कार्यक्रम सञ्चालन गरिन्छ। आउने दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिएर थप नेपाली विद्यार्थीहरूलाई प्रेरित गर्ने योजना छ।
लेक्चर दिएको दृष्य
Scroll to Top