CDE परियोजना मार्फत सन् २०२४ सालको अप्रिलदेखि जुनसम्म गरी जम्मा पाँच पटक करियर विकास तालिम कार्यक्रम सञ्चालन गरियो जसमा कुल ७५ जना विद्यार्थीहरू सहभागि भएका थिए। प्रत्येक कार्यक्रमको विस्तृत विवरण तलको तालिकामा दिइएको छ।
| सम्पन्न महिना | सञ्चालन गरिएको जापानी भाषा स्कूल | प्रदेश | जिल्ला | सहभागि संख्या |
| २०२४.४ | Hayabusa Consultancy and Training Center | बाग्मती | काठमाडौँ | २३ |
| २०२४.५ | Kansai Nihongo | गण्डकी | बाग्लुङ्ग | ८ |
| २०२४.५ | Origami Language Institute | गण्डकी | बाग्लुङ्ग | १० |
| २०२४.५ | Yuki Japanese Language Institute | गण्डकी | बाग्लुङ्ग | १२ |
| २-२४.५ | Ariake Language Training & Education Consultancy | बाग्मती | काठमाडौँ | २२ |
सन् २०२४ सालको अप्रिलदेखि जुनसम्म बाग्मती प्रदेश र गण्डकी प्रदेशका दुईवटा जिल्लामा करियर विकास तालिम कार्यक्रम सम्पन्न गरियो। यसमध्ये काठमाडौँको Hayabusa Consultancy and Training Center मा भएको कार्यक्रममा जापानका ठूला होटल समूहमा काम गरेको अनुभव भएका उमेश सरको मार्गदर्शनमा विद्यार्थीहरूले आफ्नो करियरबारे गम्भीर रूपमा सोच्ने मौका पाए। करियर लक्ष्य प्रस्तुत गर्ने क्रममा विद्यार्थीहरूले जापानी भाषा शिक्षक, नर्स, सफ्टवेयर इञ्जिनियर, केयरगिभर आदि विभिन्न क्षेत्रमा रुचि रहेको कुरा व्यक्त गरेका थिए। त्यसैगरी बाग्लुङ्गको Origami Language Institute मा सम्पन्न गरेको कार्यक्रममा जापानको विश्वविद्यालयबाट स्नातक गरेर आफ्नै जन्मस्थलमा फर्किएका निश्चल सरले तालिम सञ्चालन गर्नुभएको थियो।
विद्यार्थीहरूले “जापान जानुअघि यस्तो क्लास लिन पाउँदा खुसी छु” “हामी जस्ता विद्यार्थी भिसामा जापान जाने लक्ष्य राख्ने विद्यार्थीहरूका लागि विशेष रूपमा उपयोगी भएको जस्तो लाग्यो। यो क्लास लिएपछि अझ कडा मेहनत गरेर पढ्नुपर्छ भन्ने भावना बढ्यो” जस्ता प्रतिक्रियाहरू व्यक्त गरे।


