CDE परियोजना मार्फत २०२४ सालको जुलाईदेखि सेप्टेम्बरसम्म गरी जम्मा ६ पटक करियर विकास तालिम कार्यक्रम सञ्चालन गरियो र कुल १४५ जना विद्यार्थीहरू सहभागी भएका थिए। प्रत्येक कार्यक्रमको विस्तृत विवरण तलको तालिकामा दिइएको छ।
| सम्पन्न महिना | सञ्चालन गरिएको जापानी भाषा स्कूल | प्रदेश | जिल्ला | सहभागी संख्या |
| २०२४.८ | Celta Educare Consultancy | बाग्मती | काठमाडौँ | १९ |
| २०२४.८ | Hayabusa Consultancy and Training Center | बाग्मती | काठमाडौँ | ३४ |
| २०२४.८ | Central College of Vocational Tanning | लुम्बिनी | रुपन्देही | २४ |
| २०२४.९ | Ichigo Japanese language and Consultancy | बाग्मती | मकवानपुर | २२ |
| २०२४.९ | Susuki Consultancy Pvt. Ltd. | लुम्बिनी | नबलपरासी | २४ |
| २०२४.९ | Hayabusa Consultancy and Training Center | बाग्मती | काठमाडौँ | २२ |
२०२४ को जुलाईदेखि सेप्टेम्बरसम्म राजधानी काठमाडौँमा रहेको बाग्मती प्रदेश तथा लुम्बिनी प्रदेशका चारवटा जिल्लामा करियर विकास कार्यक्रम सञ्चालन गरियो। जसमध्ये अगष्ट महिनामा काठमाडौँको Celta Educare Consultancy मा भएको कार्यक्रममा कर्मचारी एजेन्सीमा काम गरेको अनुभव भएका रविन्द्र सरको मार्गदर्शनमा, विद्यार्थी वा विशेष सीप भिषामा जापान जान चाहने विद्यार्थीहरूले आफ्नो करियरबारे गम्भीर रूपमा विचार गर्ने अवसर पाए। करियर लक्ष्य प्रस्तुत गर्ने क्रममा, विद्यार्थीहरूले “जापानमा गएर IT सिकेर, नेपाल फर्किएपछि त्यस कौशललाई प्रयोग गरी व्यवसाय सुरू गर्न चाहन्छु, र अन्य नेपालीहरूका लागि रोजगारीको अवसर सिर्जना गर्न चाहन्छु” भन्ने जस्ता स्वदेश फर्किएपछिको भविष्यलाई ध्यानमा राखिएका लक्ष्यहरू प्रस्तुत गरेका थिए।
यस्तै, सेप्टेम्बर महिनादेखि C D E परियोजना मार्फत तालिम दिएका २ जना ट्रेनरहरूले विभिन्न स्कूलहरूमा क्लास संचालन गर्न थाल्नु भयो र यससँगै कार्यक्रमको कार्यक्षेत्र लुम्बिनी प्रदेशसम्म विस्तार गरियो।
आगामी दिनहरूमा, बुटवल र चितवन जस्ता जापानी भाषा स्कूलहरू धेरै भएका स्थानीय शहरहरूमा पनि कार्यक्रम विस्तार गर्ने योजना रहेको छ।


