वर्गीकृत नगरिएको

नेपालमा करियर विकास तालिम सञ्चालन (२०२४ को जुलाईदेखि सेप्टेम्बरसम्म)

CDE परियोजना मार्फत २०२४ सालको जुलाईदेखि सेप्टेम्बरसम्म गरी जम्मा ६ पटक करियर विकास तालिम कार्यक्रम सञ्चालन गरियो र कुल १४५ जना विद्यार्थीहरू सहभागी भएका थिए। प्रत्येक कार्यक्रमको विस्तृत विवरण तलको तालिकामा दिइएको छ।

सम्पन्न महिनासञ्चालन गरिएको जापानी भाषा स्कूलप्रदेशजिल्लासहभागी संख्या
२०२४.८Celta Educare Consultancyबाग्मतीकाठमाडौँ१९
२०२४.८Hayabusa Consultancy and Training Centerबाग्मतीकाठमाडौँ३४
२०२४.८Central College of Vocational Tanningलुम्बिनीरुपन्देही२४
२०२४.९Ichigo Japanese language and Consultancyबाग्मतीमकवानपुर२२
२०२४.९Susuki Consultancy Pvt. Ltd.लुम्बिनीनबलपरासी२४
२०२४.९Hayabusa Consultancy and Training Centerबाग्मतीकाठमाडौँ२२

२०२४ को जुलाईदेखि सेप्टेम्बरसम्म राजधानी काठमाडौँमा रहेको बाग्मती प्रदेश तथा लुम्बिनी प्रदेशका चारवटा जिल्लामा करियर विकास कार्यक्रम सञ्चालन गरियो। जसमध्ये अगष्ट महिनामा काठमाडौँको Celta Educare Consultancy मा भएको कार्यक्रममा कर्मचारी एजेन्सीमा काम गरेको अनुभव भएका रविन्द्र सरको मार्गदर्शनमा, विद्यार्थी वा विशेष सीप भिषामा जापान जान चाहने विद्यार्थीहरूले आफ्नो करियरबारे गम्भीर रूपमा विचार गर्ने अवसर पाए। करियर लक्ष्य प्रस्तुत गर्ने क्रममा, विद्यार्थीहरूले “जापानमा गएर IT सिकेर, नेपाल फर्किएपछि त्यस कौशललाई प्रयोग गरी व्यवसाय सुरू गर्न चाहन्छु, र अन्य नेपालीहरूका लागि रोजगारीको अवसर सिर्जना गर्न चाहन्छु” भन्ने जस्ता स्वदेश फर्किएपछिको भविष्यलाई ध्यानमा राखिएका लक्ष्यहरू प्रस्तुत गरेका थिए।
यस्तै, सेप्टेम्बर महिनादेखि C D E परियोजना मार्फत तालिम दिएका २ जना ट्रेनरहरूले विभिन्न स्कूलहरूमा क्लास संचालन गर्न थाल्नु भयो र यससँगै कार्यक्रमको कार्यक्षेत्र लुम्बिनी प्रदेशसम्म विस्तार गरियो।

आगामी दिनहरूमा, बुटवल र चितवन जस्ता जापानी भाषा स्कूलहरू धेरै भएका स्थानीय शहरहरूमा पनि कार्यक्रम विस्तार गर्ने योजना रहेको छ।

Celta Educare Consultancy मा तालिमको झलक

नेपालमा करियर विकास तालिम सञ्चालन (२०२४ को जुलाईदेखि सेप्टेम्बरसम्म) Read More »

नेपालमा करियर विकास तालिम सञ्चालन (२०२४ को अप्रिलदेखि जुनसम्म)

CDE परियोजना मार्फत सन् २०२४ सालको अप्रिलदेखि जुनसम्म गरी जम्मा पाँच पटक करियर विकास तालिम कार्यक्रम सञ्चालन गरियो जसमा कुल ७५ जना विद्यार्थीहरू सहभागि भएका थिए। प्रत्येक कार्यक्रमको विस्तृत विवरण तलको तालिकामा दिइएको छ।

सम्पन्न महिनासञ्चालन गरिएको जापानी भाषा स्कूलप्रदेशजिल्लासहभागि संख्या
२०२४.४Hayabusa Consultancy and Training Centerबाग्मतीकाठमाडौँ२३
२०२४.५Kansai Nihongoगण्डकीबाग्लुङ्ग
२०२४.५Origami Language Instituteगण्डकीबाग्लुङ्ग१०
२०२४.५Yuki Japanese Language Instituteगण्डकीबाग्लुङ्ग१२
२-२४.५Ariake Language Training & Education Consultancyबाग्मतीकाठमाडौँ२२

सन् २०२४ सालको अप्रिलदेखि जुनसम्म बाग्मती प्रदेश र गण्डकी प्रदेशका दुईवटा जिल्लामा करियर विकास तालिम कार्यक्रम सम्पन्न गरियो। यसमध्ये काठमाडौँको Hayabusa Consultancy and Training Center मा भएको कार्यक्रममा जापानका ठूला होटल समूहमा काम गरेको अनुभव भएका उमेश सरको मार्गदर्शनमा विद्यार्थीहरूले आफ्नो करियरबारे गम्भीर रूपमा सोच्ने मौका पाए। करियर लक्ष्य प्रस्तुत गर्ने क्रममा विद्यार्थीहरूले जापानी भाषा शिक्षक, नर्स, सफ्टवेयर इञ्जिनियर, केयरगिभर आदि विभिन्न क्षेत्रमा रुचि रहेको कुरा व्यक्त गरेका थिए। त्यसैगरी बाग्लुङ्गको Origami Language Institute मा सम्पन्न गरेको कार्यक्रममा जापानको विश्वविद्यालयबाट स्नातक गरेर आफ्नै जन्मस्थलमा फर्किएका निश्चल सरले तालिम सञ्चालन गर्नुभएको थियो।

विद्यार्थीहरूले “जापान जानुअघि यस्तो क्लास लिन पाउँदा खुसी छु” “हामी जस्ता विद्यार्थी भिसामा जापान जाने लक्ष्य राख्ने विद्यार्थीहरूका लागि विशेष रूपमा उपयोगी भएको जस्तो लाग्यो। यो क्लास लिएपछि अझ कडा मेहनत गरेर पढ्नुपर्छ भन्ने भावना बढ्यो” जस्ता प्रतिक्रियाहरू व्यक्त गरे।

बाग्लुङ्गकोOrigami Language Instituteको तालिम सेसनको झलक

नेपालमा करियर विकास तालिम सञ्चालन (२०२४ को अप्रिलदेखि जुनसम्म) Read More »

जापानको जीवनशैली र म्यानर सम्बन्धी जानकारीमूलक भिडियोहरूको YouTube च्यानल सुरु भएको छ!

CDE परियोजनाले जापानमा बस्ने विदेशीहरूका लागि जानकारीमूलक भिडियोहरू तयार पारिरहेको छ।

विदेशमा सामान्य ठानिने केही व्यवहारहरू जापानमा भने अपराध वा म्यानरको उल्लङ्घन हुन सक्छन्।

जापानमा सहज तरिकाले जीवनयापन गर्नको लागि पनि कृपया भिडियो हेर्नुहोस्!

Youtube च्यानल यहाँबाट !

कागती फल(अन्य पनि धेरै भिडियोहरू छन्!)

जापानको जीवनशैली र म्यानर सम्बन्धी जानकारीमूलक भिडियोहरूको YouTube च्यानल सुरु भएको छ! Read More »

Scroll to Top