PI तालिम सञ्चालन मिति 【२०२४ अप्रिल – जुन】

२०२४ अप्रिलदेखि जुनसम्म, राजधानी काठमाडौं रहेको बागमती प्रदेश र नेपालको दोस्रो ठूलो शहर गण्डकी प्रदेश, कास्की जिल्लाको पोखरा महानगरपालिका सहित पाँच वटा शहरहरूमा तालिमहरू सञ्चालन गरियो।

CDE परियोजनाले २०२४ अप्रिलदेखि जुनसम्म कुल ६ पटक PI तालिम सञ्चालन गर्यो र ५० जना (जसमध्ये १६ जना महिला) ले तालिम पूरा गरे।
प्रत्येक सत्रको विस्तृत कार्यान्वयन स्थिति निम्न तालिकामा छ

तालिम सञ्चालन महिनातालिम सञ्चालन भएको ठाउँतालिम पुरा गर्नेको संख्या
2024.4गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका5 (1)
2024.4बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका9 (3)
2024.5बागमती प्रदेश, मकवानपुर जिल्ला, हेटौडा उप-महानगरपालिका8 (0)
2024.5बागमती प्रदेश, चितवन जिल्ला, भरतपुर महानगरपालिका5 (1)
2024.5गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैडाकोट नगरपालिका11 (4)
2024.6गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका12 (7)

यस मध्ये, अक्टोबरमा चितवन जिल्ला भरतपुर महानगरपालिका मा सञ्चालन गरिएको सत्रमा, होटल र रेस्टुरेन्ट सञ्चालन गरिरहेका दम्पती सहभागी थिए र हालको मेनूमा थप हाल लोकप्रिय हुँदै गएको कुखुराको बीबीक्यू समावेश गर्ने विचार प्रस्तुत गर्नुभएको थियो। यस विचारको बारेमा प्रशिक्षक र अन्य सहभागीहरूबाट ‘होटेल रहेको क्षेत्रमा स्वादिष्ट नदीको माछा पनि प्रसिद्ध छ, त्यसैले बीबीक्यू ग्रिल जडान गर्न लागेपछि कुखुरा मात्र नभई नदीको माछाको बीबीक्यू पनि मेनूमा थप्ने बारेमा र,’ ‘प्रत्येक टेबलमा सानो बीबीक्यू ग्रिल सेटअप गर्दा, ग्राहकहरूले आफैंले बीबीक्यूको मजा लिन सक्छन भन्नेबारेमा ‘ विचार बिमर्श तथा प्रतिक्रियाहरू प्राप्त भए।

PI प्रशिक्षण पूरा गरेपछि जूसको बिक्री सुरु गर्नु हुने महिला
चितवन जिल्लाको भरतपुर नगरपालिकामा तालिम संचालन भएको दृश्य
Scroll to Top