カテゴリーなし

करियर विकास कार्यक्रमको डेमो क्लासहरू निहोन केइजाइ विश्वविद्यालय (फुकुओका क्याम्पस) र कुमामोतो YMCA एकेडेमी (जापानी भाषा विभाग) मा सम्पन्न गरियो !

निहोन केइजाइ विश्वविद्यालयमा जुन महिनाको १२ र १९ तारिखमा विश्वविद्यालयको शिक्षणको एक भागको रुपमा यस विश्यविद्यालयका नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित गरी डेमो क्लास (प्रत्येक ९० मिनेटको) सम्पन्न गरियो जसमा क्रमशः ४३ र ३६ जना विद्यार्थीहरू सहभागी भएका थिए। कुमामोतो YMCA एकेडेमीमा जुन महिनाको २१ तारिखमा अतिरिक्त कार्यक्रमको (स्वतन्त्र सहभागिता) एक भागको रूपमा डेमो क्लास सम्पन्न गरियो जसमा ३३ जना (२९ नेपाली र ४ पाकिस्तानी) सहभागीहरूले भाग लिएका थिए। सहभागीहरूले करियरको लक्ष्य सेटिङ र करियर पथको योजना भन्ने करियर विकासका महत्त्वपूर्ण अवधारणाहरू सिके। सहभागीहरूले आफ्नो करियर लक्ष्यहरूको बारेमा सोची ती करियर लक्ष्यहरू प्राप्त गर्न कार्य योजनाहरू सिर्जना गरे। निहोन केइजाई विश्वविद्यालयकी एक नेपाली महिला सहभागीले भनिन्, ”क्लासमा मलाई मेरो आफ्नै रुचि र चासोको बारेमा सोच्न भनियो, मैले कपडाप्रतिको मेरो लगावलाई पुन: महसुस गर्न सकें अनि फेसन डिजाइनर बन्ने मेरो सपनालाई स्पष्ट रूपमा लिन सक्ने भएँ।” त्यस्तै विश्वविद्यालयका एक नेपाली पुरुषले “भविष्यमा म नेपाल फर्केर कृषिमा काम गर्न चाहन्छु। जापानमा रहदा इन्टर्नसिप र पार्टटाइम काम गरेर कृषि सम्बन्धि सीप हासिल गर्न चाहन्छु।” भने। अर्कोतर्फ, कुमामोतो YMCA का सहभागीले भने, ”म अटोमोबाइल सम्बन्धित व्यावसायिक विद्यालयमा जान चाहन्छु र अटोमोबाइलको निर्माण र मर्मत सम्बन्धि जागिर गर्न चाहन्छु,” त्यस्तै YMCA कि एक महिला सहभागीले भनिन् ”मेरो नर्सिङ्ग सेवाकर्मी बन्ने लक्ष्यको लागि नर्सिङ भोकेशनल स्कूल रोज्नु आवस्यक भएको कुरा बुझ्न सकें।” यसरी सहभागीहरूले आफ्नो करियर लक्ष्यहरूको आधारमा करियरको मार्ग छनौट गर्ने आवश्यकता हुन्छ भन्नेकुरा बुझ्न सक्षम भएको बताए।

निहोन केइजाई विश्वविद्यालमा डेमो क्लासको झलक
कुमामोतो YMCA एकेडेमीमा डेमो क्लासको झलक

करियर विकास कार्यक्रमको डेमो क्लासहरू निहोन केइजाइ विश्वविद्यालय (फुकुओका क्याम्पस) र कुमामोतो YMCA एकेडेमी (जापानी भाषा विभाग) मा सम्पन्न गरियो ! Read More »

PI ट्रेनिङ्ग सुरू भएको छ ।

सन् 2024 को जनवरीमा बुटवल र काठमाडौंमा देश फर्किएका मानव स्रोतहरुलाई लक्षित गरिएको पहिलो र दोस्रो PI तालिम सम्पन्न भएको छ ।

बुटवलमा 11 जना र काठमाडौंमा 9 जना सहभागीहरू थिए र क्लासमा सक्रिय रुपमा विचार आदानप्रदान गर्दै तालिम अगाडि बढेको छ ।

सहभागीहरूले “नेपालमा व्यापार सुरु गर्ने आकांक्षा भएका रिटर्नीहरूसँग परिचित भई मेरो नेटवर्क विस्तार भएको छ” भन्ने कुरा सुनाएका थिए। तथा जापानमा व्यापार सुरु गरेको अनुभव भएका एक सहभागीले भने, “उद्यमीलाई चाहिने माइन्डसेटलाई पुनःजाँच गर्न सकें” उद्यमी बन्नको लागि मानसिकता चाहिन्छ।” <br> विस्तृत जानकारीको लागि निम्न ठेगानामा सम्पर्क गर्नुहोला। जाईका प्रोजेक्ट अफिस, खुमलटार, ललितपुर — Civil Homes-73, Phone no: 01-5520342, 9702456426, 9851230492

PI ट्रेनिङ्ग सुरू भएको छ । Read More »

Scroll to Top