★ प्रथम स्टडी टूर ★
शरद ऋतुका पातहरुले सजिएको दक्षिणी आल्प्सको बगैचाको भ्रमण Study Tour

नोभेम्बर 28, 2023 मंगलबारको दिनमा, यामानासी प्रिफेक्चरको मिनामी आल्प्स शहरमा प्रथम स्टडी टूर सम्पन्न गरियो। धेरै वर्षदेखि फलफूल खेती व्यवसाय र पर्यटन कृषी फार्म सञ्चालन गर्दै आएको “Tezuka Orchard”, उच्च गुणस्तरको प्रशोधित कृषि उत्पादन (अदुवाको सिरप) को उत्पादन र बिक्री गर्ने “SOIL कम्पनि” तथा JA मिनामी आल्प्स सिटी कृषि उत्पादन बजार ( मिचीनो एकि शिराने) आदिको, कान्तो क्षेत्रमा बसोबास गर्ने 12 जना नेपालीहरूलाई भ्रमण गराईएको थियो । यस पटकका सहभागीहरू सात वर्ष वा सोभन्दा बढी समयदेखि जापानमा बसोबास गरी रेस्टुरेन्ट व्यवसाय संचालन गरेका र कर्मचारीहरू पनि संलग्न थिए। यस अध्ययन भ्रमणको प्रभावले केही सहभागीहरूले भविष्यमा नेपालमा कृषि, कृषि प्रशोधन, खाद्य तथा पेय पदार्थ व्यवसाय आदिको विस्तार गर्ने चाहना देखाएका थिए । यसका साथै, धेरै सहभागीहरूले जापानको कृषि, कृषि प्रशोधन, र मार्केटिङमा अत्यन्तै चासो व्यक्त गरेका थिए।

Scroll to Top