सान्दर्भिक कार्यक्रम

रेफरल प्रोग्रामको जानकारी

JICA बाहेकका डोनर र नेपाल सरकारहरूद्वारा कार्यान्वयन भइरहेका, विदेशबाट फर्किएका नेपालीहरूको लागि रोजगारी र उद्यम शुरु गर्न सहयोग गर्ने कार्यक्रमहरूको बारेमा जानकारीहरू CDE ले उपलब्ध गराउछ र जापानबाट फर्किएका व्यक्तिहरूलाई यी कार्यक्रमहरूमा सहभागी हुन प्रोत्साहन गर्दछ।

यो कार्यक्रम कृषि तथा पशुपंक्षी विकास मन्त्रालय (Ministry of Agriculture and Livestock Development:MoALD) द्वारा सञ्चालित छ र यसले कृषि उत्पादकत्वमा सुधार, कृषि सामग्री, मेसिनरी खरिद र कृषिका पूर्वाधारको विकासमा सहयोग गर्दछ। यसको लक्षित क्षेत्र नेपालभरी हो। यदि तपाईं जापानबाट फर्किएको व्यक्ति हुनुहुन्छ र कृषिमा काम गर्न चाहनुहुन्छ भने काठमाडौंमा रहेको CDE को अफिसमा सम्पर्क गर्नुहोस्। यदि आवश्यकता भएमा, CDE परियोजनाका कर्मचारीहरूले काठमाडौंको PMAMP कार्यालय वा सम्बन्धित जिल्ला कृषि कार्यालयमा तपाईंसगै गएर आवेदन गर्न सहयोग गर्नेछन्।

GeoKrishi कम्पनीले व्यवसायिक किसान र साना किसानहरूले सामना गर्ने समस्याहरूको समाधान गर्नका लागि केहि डिजिटल कृषि प्लेटफर्महरू प्रदान गरिरहेको छ।उदाहरणका लागि, मोबाइल एप्लिकेशन “GeoKrishi Farm” ले दर्ता गरिएका डाटाको आधारमा प्रत्येक किसानका व्यक्तिगत आवश्यकतासँगै चाहनाहरूको आधारमा सबैभन्दा उपयुक्त सल्लाह प्रदान गर्दछ।साथै, ५ दिनको बजार मूल्य, मौसम पूर्वानुमान, खेतीपातीको समयतालिका सम्बन्धी जानकारी पनि उपलब्ध गराउछ।GeoKrishi कम्पनीले “GeoKrishi Farm” को अतिरिक्त, संचारको प्रभावकारीकरण र किसानहरूको प्रगति व्यवस्थापनमा मद्दत गर्ने “GeoKrishi Ext” तथा निर्णय प्रक्रिया र जोखिम मूल्याङ्कनमा सहयोग पुर्‍याउने “GeoKrishi Enterprise” जस्ता सेवाहरू पनि प्रदान गर्दछ।

– एसियाली विकास बैंक

यो कार्यक्रमले कृषिमा वित्तिय सहयोग गर्दछ। साना किसान विकास बैंक (Small Farmers Development Bank: SFDB) ले नेपालभरका साना किसान कृषि सहकारीहरू (Small Farmers’ Agriculture Cooperatives: SFAC) लाई वित्तीय सेवा उपलब्ध गराउँछ। र त्यी सहकारीहरूले यसका आफ्ना सदस्यहरू (व्यक्तिगत तथा सहकारीहरू) लाई ब्यापार वित्तीय सेवा उपलब्ध गराउँछ। यदि तपाईं जापानबाट फर्किएका व्यक्ति हुनुहुन्छ र कृषि ऋणको आवस्यकता छ भने, कृपया काठमाडौंको CDE कार्यालयमा सम्पर्क गर्नुहोस्। हामी तपाईंलाई साना किसान कृषि सहकारीहरू गठन गर्न, साना किसान कृषि सहकारीमा सामेल हुन, र सामेल भएपछि वित्तीय सेवा लागि आवेदन दिन सहयोग गर्नेछौं।

– विश्व बैंक

यस आयोजनाले उद्यमशीलता र रोजगारीका अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेको छ जसले ग्रामीण क्षेत्रहरूमा बजार सम्बन्धलाई बलियो बनाउनेछ। लक्षित क्षेत्र कोशी, मधेस र लुम्बिनी प्रदेशका मुख्य राजमार्गहरूले जोड्ने क्षेत्रहरू पर्दछन्। यदि तपाईं सम्बन्धित क्षेत्रका जापानबाट फर्केका व्यक्ति हुनुहुन्छ र आर्थिक सहयोग प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया काठमाडौंको CDE कार्यालयमा सम्पर्क गर्नुहोस्। यदि आवश्यक भएमा, CDE परियोजनाका कर्मचारीहरू सम्बन्धित प्रदेशको परियोजना कार्यालयमा तपाईंसँगै गएर आवेदन दिन सहयोग गर्नेछन्।

यस प्रोजेक्टले पशुजन्य मूल्य शृङ्खलामा साना किसान तथा व्यवसायहरूको उत्पादकत्व वृद्धि गर्ने, उत्पादन र सेवाहरुको मूल्य अभिवृद्धि गर्ने , र जलवायु रेजिलियन्समा सुधार गर्ने लक्ष्य राखेको छ। आवेदकहरूले सहभागी बैंकहरूलाई प्रस्ताव पेश गरेर, यदि स्वीकृत भएमा, मिल्दो अनुदान (100,000 USD सम्म) तथा ऋण प्राप्त गर्न सक्छन्। यस परियोजनाको लक्षित क्षेत्र नेपालभरी हो। पशुपालनको क्षेत्रमा व्यवसाय सुरु गर्न वा व्यवसाय विस्तार गर्न चाहने देश फर्केका व्यक्तिहरूले काठमाडौंस्थित CDE को अफिसमा सम्पर्क गर्नुहोला। हामी तपाईंलाई अनुदान र ऋणको लागि आवेदन दिन मद्दत गर्न सक्छौं।

यस परियोजनाले मधेस र लुम्बिनी प्रदेशका वन क्षेत्रमा कार्यरत कम्पनीहरुलाई कुल 6० मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराएको छ । यसले कृषि विकास बैंक लिमिटेड (Agricultural Development Bank Limited: ADBL) मार्फत कम ब्याजदरमा ऋण प्रदान गर्दछ। यदि तपाईं यस क्षेत्रका देश फर्केका व्यक्ति हुनुहुन्छ र लगिङ र हस्तकला निर्माण लगायतका वन्यजन्तुमा आधारित व्यवसायमा संलग्न हुनुहुन्छ भने काठमाडौंको CDE कार्यालयमा सम्पर्क गर्नुहोस्। हामी तपाईंलाई यस वित्तीय सेवा लिनको लागि आवेदन दिन सहयोग गर्नेछौं।

– IFAD

यस कार्यक्रमले साना किसानहरूलाई उनीहरूको आय बढाउन मद्दत गर्दछ। यसले मधेसी, वाग्मती र लुम्बिनी प्रदेशका महिला र युवा (16-40 वर्ष)लाई लक्षित गरेको छ। योग्य उम्मेद्वारहरूले कम ब्याज दरमा बिना धितो ऋण (20 लाख रुपैयाँसम्म) प्राप्त गर्न सक्छन्। यदि तपाईं लक्षित क्षेत्रका अनि देश फर्किएका (महिला वा युवाहरू) हुनुहुन्छ र कृषि क्षेत्रमा ऋण प्राप्त गर्न चाहनुहुन्छ भने काठमाडौंको CDE को अफिसमा सम्पर्क गर्नुहोस्। हामी तपाईंलाई वित्तीय सहयोग प्राप्त गर्ने आवेदन दिन मद्दत गर्नेछौं।

स्विट्जरल्याण्ड

यस परियोजनाले देश फर्केकाहरूलाई रोजगारी आदिमा सहयोग गर्नुका साथै उनिहरूको क्षमता निर्माण गर्नमा सहयोग प्रदान गर्दछ। यस परियोजनाका लक्षित क्षेत्रहरू तलको नक्सामा देखाइएको छ। थप जानकारीको लागि आफ्नो क्षेत्रको स्थानीय रोजगार सेवा केन्द्र (ESC) मा सिधै सम्पर्क गर्नुहोस् अथवा यो वेबसाइटमा हेर्नुहोस्: https://remi.org.np/about-us

ReMi परियोजनाले सहयोग गर्ने क्षेत्रहरू ▶︎
स्रोत: https://remi.org.np/geographic-coverage

मेलिङ लिस्टमा दर्ता

हामी तपाईंलाई विभिन्न नवीनतम कार्यक्रमहरूको बारेमा जानकारी प्रदान गर्नेछौं।
औद्योगिक मानव स्रोत विकास कार्यक्रममा सहभागी हुन चाहनेहरूले मेलिङ लिस्टमा नाम दर्ता गराउनु पर्नेछ।

Scroll to Top