Q&A

1. यो साइट कसले संचालन गरिरहेको छ ?

यो साइट जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) प्राविधिक सहयोग प्रोजेक्ट 「 ”नेपालमा विदेशी कामदारहरूको लागि करियर विकास र उद्यमशीलता सहयोग परियोजना”」 द्वारा संचालित गरी, जापानु जाने सोचाइ बनाएका, जापानमा बसोवास गरिरहेका र जापानबाट फर्केका सबै नेपालीहरूका लागि लक्षित गरी, रोजगार र कम्पनि सम्बन्धि आवश्यक जानकारी र सुझाब प्रदान गर्दछ।

2. जापान वा नेपालमा रोजगारीको परिचय गराउन सक्नु हुन्छ ?

यो प्रोजेक्टको फेसबुक मार्फत जापानमा रोजगारीको लागि जब म्याचिङ्क ऐभन्ट तथा काम खोज्नको लागि आवश्यक सहयोगी सुचनाहरु निरन्तर रुपमा अपडेट गरिरहने हुनाले CDE को फेसबुक पेज लाई फलो गर्नुहोस्।
https://www.facebook.com/profile.php?id=61552604130109

हामी कामको सिफारिस गर्न सक्दैनौं तर इन्टर्नशिपको सिफारिस तथा स्टडी टूरहरू सञ्चालन गरेर उद्यम र रोजगार सम्बन्धी सपोर्ट गर्ने कार्यक्रमहरू सञ्चालन गर्छौं। शीर्ष मेन्यूबाट विभिन्न कार्यक्रमहरूको बारेमा → औद्योगिक मानव स्रोत विकास कार्यक्रम छनोट गरेर मेलिङ्ग लिस्टमा दर्ता गर्नुहोस्। यसका साथै परियोजनाको कार्यालयले विभिन्न परामर्शहरू पनि दिन सक्छ। त्यसैले मेलिङ्ग लिस्टमा दर्ता गरेपछि परियोजना कार्यालयलाई मेस्सेज पठाउनुहोस्।

3. 3.नेपालमा व्यवसाय संचालन गर्न चाहेको खण्डमा आर्थिक सहयोग पाउन सक्छु ?

यस परियोजनाले विभिन्न जानकारी तथा प्रशिक्षण कार्यक्रमहरू प्रदान गर्दछ, तर आर्थिक सहायता प्रदान गर्न सक्दैन। आर्थिक सहायताको सन्दर्भमा, JICA बाहेकका डोनरहरू र नेपाल सरकारले संचालन गरेका फर्केका मानब स्रोतहरूका लागि रोजगार र उद्यम बढाउन समर्थन गर्ने कार्यक्रमहरूको परिचय गराउदै जाने योजना छ । शीर्ष मेनुबाट विभिन्न कार्यक्रमहरूको बारेमा → रिफरर कार्यक्रमहरूको विषयवस्तुहरू चेक गर्नुहोस्। यसका अतिरिक्त आशाजनक बिजनेसको लागि लगानीकर्ताहरू र सल्लाह प्रदान गर्न सक्ने व्यक्तिहरूसँग पनि परिचय गराउन सकिन्छ। त्यसैले मेलिङ्ग लिस्टमा दर्ता गराउनुहोस् र परियोजना कार्यालयमा मेस्सेज पठाउनुहोस् ।

4. राम्रो जापानी भाषा स्कूल सिफारिस गर्न सक्नुहुन्छ ?

तपाईंको निवास क्षेत्रको आधारमा सम्बन्धित जानकारी प्रदान गर्न सकिन्छ। त्यसैले मेलिङ्ग लिस्टमा दर्ता गरेपछि परियोजना कार्यालयमा मेस्सेज पठाउनुहोस्।

5. भरपर्दो विदेश पठाउने एजेन्सीको बारेमा बताउन सक्नुहुन्छ ?

तपाईंको निवास क्षेत्रको आधारमा सम्बन्धित जानकारी प्रदान गर्न सकिन्छ। त्यसैले मेलिङ्ग लिस्टमा दर्ता गरेपछि परियोजना कार्यालयमा मेस्सेज पठाउनुहोस्।

Scroll to Top