यस साइटको बारेमा

यो साइट जाइका को प्रोजेक्ट 「नेपाल ओभरसीज वर्कर्स करियर डेभलपमेन्ट एण्ड इन्टरप्रेनरशिप सपोर्ट परियोजना” (CDE)」 द्वारा संचालित साइट हो ।
CDE प्रोजेक्ट भनेको, नेपाल सरकार र जापान सरकार बिच एउटा समझदारी गरी, नेपालबाट जापान आउने नेपाली कामदार, जापानमा काम गरिरहेका नेपाली कामदार र जापानमा काम गरेर नेपाल फर्केका नेपालीहरुको लागि करियर विकास, व्यवसाय स्थापना र रोजगारी प्रवर्द्धनका लागि आवश्यक जानकारी प्रदान गर्दै, उनीहरूको क्षमतालाई सुद्धढ बनाउने प्रोजेक्ट हो।
यस मार्फत, हामीले जापानमा आर्जन गरेको कामकोअनुभव, ज्ञान र सीपलाई स्वदेश फर्किएपछि नेपालमा नै व्यवसाय स्थापना गर्ने लक्ष्य राखेका छौं। विशेष गरी, हामी जापान आउने योजनामा रहेका वा पहिले नै जापानमा बस्दै आएका र जापानमा व्यवसाय संचालन गर्न चाहने नेपालीहरूलाई निम्न कार्यक्रमहरूको बारेमा प्रस्ताव गर्दछौं।

・जापानी कृषि, कृषि प्रशोधन, पर्यटन, नर्सिङ हेरचाह, इत्यादिका क्षेत्रहरूमा अध्ययन भ्रमण र इन्टर्नशिपहरू मार्फत “सिक्ने अवसरहरू” प्रदान गर्ने कार्यक्रमहरू प्रदान गर्दै (भविष्यको उद्यमशीलता र रोजगारीको सन्दर्भमा “चेतना जगाउने” र चेतनाको बिकास गराउने),
・जापान आउनु अघि, जापानमा रहदा, र फर्केपछि संचालन गर्ने ब्यवसाय र करियर विकास गर्नको लागि विभिन्न प्रकारका तालिम कार्यक्रमहरू प्रदान गर्ने
・व्यवसाय आदिमा सफल भइसकेका नेपाली उद्यमीहरूद्वारा मार्गदर्शन कार्यक्रम प्रदान गर्ने।

यो आयोजना जाइका र नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२३ अप्रिलदेखि पाँच वर्षको अवधिका लागि कार्यान्वयन गर्दै आएको छ ।

कृपया परियोजना ढाँचाको लागि निम्न पृष्ठ हेर्नुहोस्।
https://www2.jica.go.jp/ja/evaluation/pdf/2022_2005896_1_s.pdf

ODA परियोजनाका कन्सल्टिङ्ग कम्पनीहरू आईएमजी प्रा. लि. (https://www.imgpartners.com/) र आई.सी. नेट प्रा. लि. (https://www.icnet.co.jp) ले यो प्रोजेक्ट संचालन गरिरहेका छन्।

गोपनीयता नीति
मेलिङ लिस्टमा दर्ता

हामी तपाईंलाई विभिन्न नवीनतम कार्यक्रमहरूको बारेमा जानकारी प्रदान गर्नेछौं।
औद्योगिक मानव स्रोत विकास कार्यक्रममा सहभागी हुन चाहनेहरूले मेलिङ लिस्टमा नाम दर्ता गराउनु पर्नेछ।

Scroll to Top