विगतका कार्यक्रमहरुको जानकारी

औद्योगिक मानव संसाधन विकास कार्यक्रम (अध्ययन भ्रमण)

★ प्रथम स्टडी टूर ★ शरद ऋतुका पातहरुले सजिएको दक्षिणी आल्प्सको बगैचाको भ्रमण Study Tour CDE कार्यालय द्वारा संचालित

नोभेम्बर 28, 2023 मंगलबारको दिनमा, यामानासी प्रिफेक्चरको मिनामी आल्प्स शहरमा प्रथम स्टडी टूर सम्पन्न गरियो। धेरै वर्षदेखि फलफूल खेती व्यवसाय र पर्यटन कृषी फार्म सञ्चालन गर्दै आएको “Tezuka Orchard”, उच्च गुणस्तरको प्रशोधित कृषि उत्पादन (अदुवाको सिरप) को उत्पादन र बिक्री गर्ने “SOIL कम्पनि” तथा JA मिनामी आल्प्स सिटी कृषि उत्पादन बजार ( मिचीनो एकि शिराने) आदिको, कान्तो क्षेत्रमा बसोबास गर्ने 12 जना नेपालीहरूलाई भ्रमण गराईएको थियो । यस पटकका सहभागीहरू सात वर्ष वा सोभन्दा बढी समयदेखि जापानमा बसोबास गरी रेस्टुरेन्ट व्यवसाय संचालन गरेका र कर्मचारीहरू पनि संलग्न थिए। यस अध्ययन भ्रमणको प्रभावले केही सहभागीहरूले भविष्यमा नेपालमा कृषि, कृषि प्रशोधन, खाद्य तथा पेय पदार्थ व्यवसाय आदिको विस्तार गर्ने चाहना देखाएका थिए । यसका साथै, धेरै सहभागीहरूले जापानको कृषि, कृषि प्रशोधन, र मार्केटिङमा अत्यन्तै चासो व्यक्त गरेका थिए।

★शीर्षक: जाइका प्रोजेक्ट द्वारा दोस्रो अध्ययन भ्रमण “आईची प्रिफेक्चरमा नवनिर्मित नर्सिङ होमहरूको भ्रमण कार्यक्रम” को आयोजना गरियो।★

यो संस्थाले हालसम्म ४४ जना नेपालीहरुलाई रोजगारको लागि स्वीकार गरिसकेको छ र उक्त केयर होममा बसिरहेका ब्याक्तिहरु पनि उनिहरुको सेवामा खुसी छन्। सहभागीहरूले नवनिर्मित नर्सिङ होमको भ्रमण गरे र त्यहाँ कार्यरत नेपालीहरूसँग पनि आफ्नो विचारहरूआदान प्रदान गरे। अध्ययन भ्रमणमा सहभागीहरुले, “नर्सिङ होमको भ्रमण मेरो लागि पहिलो पटक थियो। त्यहाँ बसोबास गरिरहेका मानिसहरु र त्यहाँ काम गर्ने स्टाफहरुको चहलपहल देखेर म निकै प्रभावित भएँ।“ “नेपालीहरूले रमाइलोसंग काम गरिरहेको देखेर मलाई गर्व महसुस भयो।“ “म पनि त्यहाँ काम गर्न चाहन्छु।“ भन्ने जस्ता कुराहरु पनि गर्नु भयो। निशि कासुगाई कल्याणकारी संघका जनरल म्यानेजर खावामुरा जीले ” तपाईहरुको लागि यो भ्रमण उपलब्धी मुलक हुन सकेमा खुसी हुनेछौं। ” “फेरि आउनुहोस” भनेर भन्नु भयो।

क्यारियर विकास कार्यक्रम (जापानमा आयोजित)

हाल तयारीको अवस्थामा

Coming soon…

PI (व्यक्तिगत पहल प्रशिक्षण)

PI Training

जापानबाट नेपाल फर्कन चाहने वा नेपाल फर्किसकेका ब्यक्तिहरुको लागी जाईका प्रोजेक्टद्वारा नेपालका विभिन्न स्थानहरुमा संचालन हुन गईरहेको उद्यमशीलता सहयोग कार्यक्रम अन्तर्गत (The Entrepreneurship Support Program ) PI Training (Personal Initiative) तालीम कार्यक्रम संचालन भैरहेको छ। इच्छुक महानुभावहरुले तालिममा भागलिई आफ्नो वृति बिकास गर्ने सुनौलो मौकाको फाईदा उठाउनु होस्।
विस्तृत जानकारीको लागि निम्न ठेगानामा सम्पर्क गर्नुहोला। जाईका प्रोजेक्ट अफिस, खुमलटार, ललितपुर Civil Homes-73, Phone no: 01-5520342, 9702456426, 9851230492

क्यारियर विकास कार्यक्रम (नेपालमा लागू)

हाल तयारीको अवस्थामा

Coming soon…

मेलिङ लिस्टमा दर्ता

हामी तपाईंलाई विभिन्न नवीनतम कार्यक्रमहरूको बारेमा जानकारी प्रदान गर्नेछौं।
औद्योगिक मानव स्रोत विकास कार्यक्रममा सहभागी हुन चाहनेहरूले मेलिङ लिस्टमा नाम दर्ता गराउनु पर्नेछ।

Scroll to Top